Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएस र पाकिस्तानी एजेण्टको निर्देनशनमा नेपालमा मदरसा संचालन !

Sunsari Madrsa News  (1)
सुनसरी । सुनसरीको भोक्राहा ९ मा रहेको मुस्लिम मदरसा आइएसको निर्देषनमा संचालित रहेको गाउँबासीले आरोप लगाएका छन् । भोक्राहा स्थित रहेको जामिया इस्लामिया मदरसाको गतिविधी शंकास्पद देखिएको बताउने गाउँवासी सो मदरसा आइएस (ईस्लामिक संघ) र पाकिस्तानी एजेण्टको इशारामा संचालित रहेको उनिहरुको आरोप छ ।

मदरसाको एकलौटी तन्त्र र पदाधिकारीहरुको गतिविधी प्रति असन्तुष्टि जनाउँदै आएका स्थानीय मुस्लिम अगुवाहरु गाउँले सहित आज दिउँसो प्रर्दशनमा उत्रिएका छन् । मुस्लिम समुदायको बालबालीकाहरुलाई पठन पाठन गराउने सुनसरी भोक्राहामा रहेको जामिया इस्लामिया मरदसा आइएस र पाकीस्तानी एजेण्टबाट सञ्चालित भईरहेको मुस्लिम अगुवाहरुको दावी छ ।

Sunsari Madrsa News  (3)

तालाबन्दी गर्न नाराजुलुस सहित जामिया स्लामियाको गेट अघि पुगेका स्थानीयहरुलाई जनपथ र शशस्त्र प्रहरीले रोकेको थियो ।मदरसामा व्यवस्थापन समितिको विवाद बढ्दै गएपछि अप्रिय घटना हुन नदिन सुरक्षाको प्रवन्ध मिलाइएको सुनसरी प्रशासनले जनाएको छ । स्थानीय धर्मगुरु तथा मुस्लिम अगुवाहरु समेत मदरसाको गोप्य गतिविधीप्रति शशंकित बनेका छन् । जातियताका नाममा हिंसा भड्काउने गतिविधीले समाजलाई विखण्डनको बाटो तर्फ डोर्याउने उनिहरुको तर्क छ ।

मौलाना खालिद सेफउल्लाहले जामिया इस्लामीया नेपाल सरकारको निर्देशन र नियन्त्रणमा नभएको र अवैध रुपमा व्यवस्थापन समिति बनाएर सञ्चालन गरिनुका साथै पाकिस्तान र आइएसको निर्देशन र नियन्त्रणमा रहेकाले नेपाली मुस्लिम समुदायहरुले यस्तो क्रियाकलापको विरोध गरेको बताए । जामिया स्लामियामा वर्षौ देखिको कायम रहेको एकल व्यवस्थापन समितिको अन्त्य गरी नयाँ समिति चयन गरिनुपर्ने गाउँवासीको माग छ । इनरुवाअनलाइनमा समाचार छ ।

नयाँ समिति चयनकालागि सहमत देखिएको वर्तमान समितिले प्रशासनसँग मिलेर सो निर्णय लत्याएको प्रर्दशनमा उत्रिएका गाउँवासीको भनाई छ । उता व्यबस्थापन समिति निकटहरुले आफुहरु माथि लगाएको आरोप निराधार भएको बताएका छन्। व्याक्तिगत रिसिबि साध्ने उद्देश्यले आफुहरु माथि अस्नतुस्ट पक्षले आरोप लगाएको उनिहरुको भनाइ रहेको छ । सौजन्य: इनरुवाअनलाइन

Sunsari Madrsa News  (4)

Sunsari Madrsa News  (5)

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्