Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार गठनको झण्डै एक महिनापछि बालुवाटारमा तीन दल बैठक

Pm with Three Party

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको झण्डै एक महिनापछि प्रमुख विपक्षी एमालेका वरिष्ठ नेताहरु बालुवाटार बैठकमा सहभागी भएका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन फिर्ता लिई दाहाल गत साउन २० मा प्रधानमन्त्री बनेका थिए । त्यसयता एमाले नेताहरु बालुवाटारमा पहिलोपल्ट मंगलबार बिहान देखिएका हुन् ।

एमाले अध्यक्ष केपीओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै मुलुक बाहिर छन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा मंगलबार बिहान भइरहेको प्रमुख ३ दलको बैठकमा एमालेका नेताहरु छन् । एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी भएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा छन् । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, पूर्णबहादुर खड्का, उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधि र सहरी विकास मन्त्री अर्जुननरसिंह केसी सहभागी छन् ।

प्रमुख ३ दलका नेताबीच स्थानीय चुनाव, स्थानीय तहको संरचना, संविधान संसोधन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्