Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपक मनाङ्गेलाई अपहरण तथा शरीर बन्धक अभियोग

Deepak-manange-2

काठमाडौं ।  दीपक मनाङ्गेलाई प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाएको छ । संगठित अपराधको अभियोग प्रस्ताव गरेपनि सरकारी वकिलको कार्यालयले मनाङ्गेबिरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गरेको हो । परिसरले व्यवसायीलाई धम्क्याएको भन्दै मनाङेलाई असार १८ मा सहयोगी राजकुमार सिंह सहित पक्राउ गरेको थियो ।

उनको समुहमा अन्य तीन जना समेत रहेको भन्दै परिसरले उनीमाथी संगठित अपराध ऐन अन्तर्गतको अभियोगमा अदालतबाट अनुसन्धानको म्याद लिएको थियो । ठमेल आधार क्षेत्र भएका मनाङे विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरणको मुद्धा समेत खेपिरहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधीबाट १४ करोड कमाएको दावी गर्दै विशेषमा मुद्धा दायर गरेको थियो । धरौटीमा छुटेका उनको सो मुद्धा फैसला भने भएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानपछि संगठित अपराध अन्तर्गत दश बर्षको कैद सजायको माग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई अनुसन्धानको प्रस्तावित राय पठाएको थियो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने फरार रहेका भनिएका तीन जनाको संलग्नता स्थापित हुन नसकेको भन्दै स‌ंगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेको हो । स‌ंगठित अपराध ऐनले तीन वा तीन भन्दा बढी संलग्न भएर गरिएको अपराधलाई समेट्दछ ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्