Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीदको घर निर्माणमा नेता शाह र अम्बुजा सिमेन्टद्वारा सहयोग

Sahid News

काठमाडौं । मधेश आन्दोलनको क्रममा शहीद भएको रुपन्देहीका रामेश्वर पासीको घर निर्माणका लागि संघीय समाजवादी पार्टीका नेता तथा सांसद अभिषेक प्रताप शाहले छत ढलानका लागि नगद नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन् । थर्ड एलायन्सका क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्वेडकरको संयोजनमा २ महिना पहिला देखी र्निमाण शुरु भएको घरको छत ढलान गर्नका लागि उक्त सहयोग गरेका छन् ।

यसैगरी, अम्बुजा सिमेन्ट कारखानाका म्यानेजर राजकुमार गुप्ताले शहीद पासीको घरको छत ढलानका लागि २२ हजार मुल्य बराबरको ४० बोरा सिमेन्ट सहयोग गरेका छन् । आर्थिक स्थिति अति कमजोर रहेको र ४ जना साना साना बच्चा रहेको र वस्ने घर नभए पछि थर्ड एलायन्सका क्षेत्रीय मानव अधिकार संयोजक अम्वेडकरको संयोजनमा घर र्निमाण कार्य शुरु भएको हो ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्