Logo
१५ चैत्र २०८०, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ जनाको रद्द, ४७ जनाले नेपाली नागरिकता त्यागे

Nepali Nagriktaसुनसरी । सुनसरी जिल्लामा ४७ जनाले आफ्नो नेपाली नागरिकता त्याग गरेका छन । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार २०६७ साल बैशाख १ गतेदेखि अहिलेसम्ममा ४७ जनाले नागरिकता त्याग गरेका छन भने दुई जनाको नागरिकता रद्द गरिएको छ ।

नागरिकता परित्याग गर्नेमा १८ जना पहाडी मुलका नेपाली नागरिक छन भने बाँकी २९ जनामा ११ जना मुस्लिम समुदायका र बाँकी मधेसी मुलका रहेका छन । सो अवधीमा दुई जनाको नागरिकता भने रद्द गरिएको छ । जसमा मेनुका अधिकारी र भुवन श्रेष्ठ रहेका छन ।

जिप्राका श्रोतका अनुसार नागरिकता रद्द भएकाहरुले झुठो विवरण पेश गरेर नागरिकता लिएको र परित्याग गर्नेहरुमा कतिपयले दोहोरो नागरिकता भएको कारणले पछि कारवाही भोग्नु पर्ने भयले त्यागेका छन भने अन्य विदेशको नागरिक भएपछि त्यागेको हो ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्