Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री क्याटरिनाले एक अन्तर्वार्तामा भनिन् सलमानसँग फिल्म नगर्ने

salman-and-katrina
मुम्बई । फिल्म ‘बार बार देखो’को ‘प्रमोसन’मा व्यस्त बलिउड अभिनेत्री क्याटरिना कैफबारे केही यता विभिन्न समाचार सुनिन थालेको छ ।

गत जनवरीमा अभिनेता रणवीर कपुरसँग उनको सम्बन्ध बिग्रिएपछि उनको अभिनय भन्दा पनि व्यक्तिगत जीवनबारे धेरै हल्ला भए ।

तर, अब विस्तारै यो विषय ओझेल पर्न थालेको छ र क्याटरिनाको करिअरबारे चर्चा हुन थालेको छ । यही सन्दर्भमा केही समयअघि समाचार आएको थियो– क्याटरिनाले ‘एक था टाइगर’को सिक्वेलमा सलमानसँग काम गर्दैछिन् ।

तर, यो झुटा रहेछ । सोमबार उनले एक अन्तर्वार्तामा अहिलेसम्म अर्को फिल्मका लागि सम्झौता नगरिसकेको बताएकी छिन् ।

त्यही अन्तर्वार्तामा उनले एक था टाइगरको सिक्वेलबारे थाहा पनि नभएको बताइन् । उनको यस्तो अभिव्यक्तिसँगै भारतीय मिडियाले अनुमान गर्न थालेका छन्– क्याटरिनाले सलमानसँग काम गर्दै छैनन् ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्