Logo
७ बैशाख २०८१, शुक्रबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काश्मिरमा ५२ दिनपछाडि सोमबार कफ्र्यू हटाइए 

kashmir-curfew

नयाँ दिल्ली । भारत अधिनस्थ काश्मिरमा ५२ दिनपछाडि सोमबार कफ्र्यू हटाइएको समचार छ । उत्तरी कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक युवक मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको तनावको कारण त्यहाँ ५२ दिन अघिदेखि कफ्र्यू लगाउँदै आइएको थियो । यही तनावको बीचमा विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले दुई पटकसम्म गरेको प्रस्ताव भारतीय पक्षबाट अस्विकार गरिएको थियो ।

भारत अधिनस्थ काश्मिरमा गत जुलाईदेखि उत्पन्न तनावको कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी सो हिंसामा परी ७ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् । गत बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको दोस्रो वार्ताको प्रस्तावलाई अस्वीकार गर्नुभएको हो ।

चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको पाकिस्तानी पक्षले जनाएको थियो । रासस

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्