Logo
१२ बैशाख २०८१, बुधबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराको ९ वर्षीया बालकले मासिक बीस हजारसम्म कमाएर बने उदाहरण !

Bara News

बारा, १२  भदौ  । मनले चाहे भने के गर्न सक्दिैन् । एक ९ वर्षीया बालकले मासिक बीस हजारसम्म कमाएर उदाहरण बनेर देखाएका छन् ।बाराको महेन्द्र अर्दश च्युटाहा गाविसका बिनोद ठाकुरका ९ वर्षीया छोरा नितेश ठाकुरले दैनिक सैलुनमा गएर कम्ती ५ सयदेखि एक हजारसम्म कमाएर विद्यालय जाने गरेका छन् ।

कपाल काट्ने र दाढी बनाउने सैलुनको कुर्सीमा नभ्याएपनि कुर्सीको बाही वा कपाल कटाउने सेवाग्रहीको जीउमा बसेर सेवा दिदै आएको नितेशले बताए ।  आफू कक्षा ४ मा अध्ययनरत रहेका नितेशले बाबुलाई सधाउन दैनिक आप्नै सैलुनमा काम गर्ने गरेको र पढाइ पनि समयमा गर्ने गरेका बताएका छन् ।

च्युटाहाको हरनैया चोकमा खोलिएको सैलुन पसलमा प्रति ग्राहक कपाल काटेको ३० र दाढी काटेको २० रुपैयाँ लिने गरेको उनले बताए । बुबा भन्दा आफुलाई सबैले मन पराउने तथा बिचबिचमा हसाउने गरेकाले आफू नभएको बेला सेवाग्रही रित्तै फर्किने गरेका नितेशले जानकारी दियो ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्