Logo
८ बैशाख २०८१, शनिबार
(August 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारले भने –‘सरकारमा गयौं भने अपमान हुन्छ’

Vijay Kumar Gachadar

काठमाडौं १० भदौ  । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालय सम्हाल्ने गरी आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएको छ । फोरम लोकतान्त्रिकले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर मन्त्री नियुक्त भइसकेका आकर्षक मन्त्रालय पाए मात्र सरकारमा सहभागी हुने बताएको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिले जुन् मन्त्रालय खाली छन् ती मन्त्रालयका लागि पार्टी सरकारमा सहभागी नहुने बताए । उहाँले मन्त्री नियुक्त हुन बाँकि रहेका मन्त्रालयका लागि सरकारमा जाँदा पार्टीको अपमान हुने भन्दै आकर्षक मन्त्रालय दिने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चौंथोपटक मन्त्रीपरिषद् विस्तार गरेसँग महिला, बालबालिका तथा समाजकल्याण, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाइ मन्त्रालयमा मात्र मन्त्रीविहिन छन् । फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसम्पादन समितिको बैठककले सम्मानजनक उपस्थितिको परिस्थिति निर्माण भए मात्र सरकारमा जाने निर्णय गरेको छ ।

फोरम लोकतान्त्रिकले स्थानीय तहको संख्या कम्तिमा ११ सय बनाइनुपर्ने तथा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी मधेशवादी दलहरुको माग सम्बोधनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्र्याइनुपर्ने बताएको छ ।

प्रकाशित मिति: Aug 27, 2016

प्रतिक्रिया दिनुहोस्