Logo
६ बैशाख २०८१, बिहीबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवेणी बिकास बैकको १९ करोड २५ लाख नाफाको रहस्य !

Trweni News

काठमाडौं । त्रिवेणी बिकास बैकले आर्थिक बर्ष २०७२/०७३ मा १९ करोड २५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवमा बैकको यस्तो मुनाफा १२ करोड ५६ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बिगतमा क्षेत्रियस्तरमा बित्तीय कारोवार गर्दे आएको बैकले थप तीन वटा संस्थालाई मर्ज गरी एकीकृत कारोवार सुरु गरे पश्चात राष्ट्रियस्तरको बनेको हो । तर राष्ट्रियस्तरको बिकास बैक भएपनि बैकले आर्जन गरेको नाफा भने केहीहदसम्म अस्वभाविक देखिएको छ ।

बैकले संकलन गरेको निक्षेप, प्रवाह गरेको कर्जा, खुद व्याज आम्दानी, प्रोभिजन रकम र खराव कर्जा समेतको अवस्थालाई ध्यानमा राख्दा बैकको नाफा अस्वभाविक देखिएको हो । तर यो अस्वभाविक नाफाको रहस्य यहाँ उल्लेख गरिएको छ । राष्ट्र बैकको निर्देशन अनुसार राष्ट्रियस्तरका बिकास बैकहरुमा कर्जा तथा निक्षेपको बिचको व्याजदर अन्तर अर्थात स्प्रेड दर अधिकतम पाँच प्रतिसत भन्दा बढी हुुनुु हुदैन । तर राष्ट्रियस्तर कै त्रिवेणीमा यस्तो दर छ दसमलव ४२ प्रतिसत रहेको छ ।

यो अनुपातमा स्प्रेड दर कायम हुुनु भनेको कर्जा र निक्षेपको व्याजमा छ प्रतिसत भन्दा बढी हुुनुु हो । जुन बैक तथा फाईनान्समा उच्च स्प्रेड दर हुन्छ त्यस्तो बैकमा निक्षेपमा कम व्याज हुुन्छ भने कर्जाको उच्च व्याज रहेको हुन्छ । सोही आधारमा पनि त्रिवेणीले कर्जामा उच्च व्याजदर लिएको अर्थात ऋणीहरुलाई शोषण गरेर नै नाफा बढाएको हो ।

चुक्ता पुंजी ८२ करोड १५ हजार रुपैयाँ रहेको त्रिवेणीले २०७२/०७३ मा नौ अर्ब ११ करोड ५० लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २९ करोड ९२ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । रियलस्टेटमा ७९ करोड ८७ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले ३५ करोड ७२ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम छ करोड २६ लाख १९ हजार रुपैयाँ छुुट्याएको बैकले राईट व्याक मार्फत चार करोड ४९ लाख ८३ हजार रुपैयाँ प्राप्त गरेको छ भने खराव कर्जाको अनुपातमा एक दसमलव ६३ प्रतिसत छ । गत आवमा बैकले सात अर्ब दुुई करोड ४६ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६४ करोड ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

घरजग्गा क्षेत्रमा ४० करोड सात लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले २७ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको थिया । राईट व्याक रकम २० लाख १० हजार रुपैयाँ प्राप्त गरेको बैकमा खराव कर्जाको अनुुपात दुुई दसमलव ७४ प्रतिसत रहेको थियो स्पे्रड दर पनि छ दसमलव ९१ प्रतिसत रहेको थियो ।

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्