Logo
१२ बैशाख २०८१, बुधबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार’

India-Pak
नयाँ दिल्ली । भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ । स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गर्नुभएको हो ।

चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ ।  दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो ।

अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको छ । रासस-सिन्ह्वा

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्