Logo
८ बैशाख २०८१, शनिबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अाफ्नो कार्यकाल इमान र समर्पणका साथ जनताप्रति उत्तरदायी बनाउने’

स्वास्थ्यमन्त्री गगनकुमार थापा पदभार ग्रहण गर्दै
स्वास्थ्यमन्त्री गगनकुमार थापा पदभार ग्रहण गर्दै

काठमाडौं ।  नव नियुक्त स्वास्थ्यमन्त्री गगनकुमार थापाले शपथ लिए लगत्तै रामशाहपथ पुगेर स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार लगत्तै सञ्चारकर्मीलाई छोटो प्रक्रिया दिँदै उनले अाफ्नो कार्यकाल इमान र समर्पणका साथ जनताप्रति उत्तरदायी बनाउने बताए ।

‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’ ‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’

‘मैले पाएको यो चुनौती पूरा गर्ला कि नगर्ला भन्ने शंका पनि यहाँ देखिरहेको छु। मैले यो जिम्मेवारीलाई सामान्य ठानेकै छैन’, दउरा सुरुवाल लगाएका उनले भने ‘म यसलाई राम्रोसँग उच्च नैतिकताका साथ पूरा गर्नेछु । लामो समयदेखि यहाँ सुधारको अपेक्षा पनि छ । पुस्ताप्रतिको विश्वास स्थापित हुने काम गर्नेछु ।’ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिमा उदाएका उनी जनउत्तरदायी निर्णय र नेतृत्व कौशलका लागि लोकप्रिय छन् । उनको मन्त्री नियुक्तिलाई सत्य र इमानको पक्षमा सामाजिक अभियन्तादेखि सर्वसाधारणले चासोपूर्वक हेरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन

नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ ।  राष्ट्रपति कार्यालयका अनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगनकुमार थापा स्वास्थ्य तथा जनसङ्ख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शङ्कर भण्डारी वन तथा भू–संरक्षण मन्त्री हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । शपथ ग्रहणमा नेकाका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो ।

काँग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बन्नुभएको हो । यसैगरी काँग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थामी, भण्डारी पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालिसक्नुभएको छ । काँग्रेसका तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखकले कार्यभार सम्हालिसक्नुभएको छ । वर्तमान मन्त्रीमण्डलमा काँग्रेसका तर्फबाट १५ जना सहभागी हुनुहुन्छ । रासस

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्