Logo
११ बैशाख २०८१, मंगलबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुन पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय !

NC-News 1
काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएको कायम रहेको विवाद अन्त्य भएसँगै पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ । पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन् ।

सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेका हुन् । पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन् । यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन् । देउवा पक्ष पाँच मन्त्रालय दिन तयार भएपछि पौडेल पक्षको भेलाले सरकारमा सहभागी हुने पाँच जनाको नाम तय गरेको हो ।

उता सभापति शेरबहादुर देउवा पक्षबाट पनि चार जनाको नाम पक्का भएको स्रोतले जनाएको छ। अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री हुने पक्का भएको छ। बाँकी एक जनामा मोहन बस्नेत, केशवकुमार बुढाथोकी र शंकर भण्डारीले दाबी गरेपछि नाम तय गर्न ढिला भएको स्रोतले जनाएको छ ।

बाँकी एक मन्त्रालय कृष्ण सिटौला पक्षबाट गगन थापा सरकारमा सहभागी हुने चर्चा छ । आजै साँझ सम्म सबै मन्त्रीको नाम तय गरी भोलि बिहान नौ बजे सथप लिने तयारी भएको बताइएको छ । १३ मन्त्रालय पाएको कांग्रेसकातर्फबाट दुई जना सरकारमा सहभागी भइसकेका छन् । यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार अन्योलमा परेको थियो । बिहीबार विहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पौडलसँग छलफल गरेपछि देउवा पाँच मन्त्रालय दिन तयार भएका थिए  ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्