Logo
१५ चैत्र २०८०, बिहीबार
(August 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति परिसरका सम्पदा पुनर्निर्माणका लागि भारतलाई अनुमति

Pasupati

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।

त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनुपर्नेछ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जिर्णोद्वार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्