Logo
८ बैशाख २०८१, शनिबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शक्तिशाली सामुद्रिक आँधीका कारण सयौं उडान अवरुद्ध

Japan News

टोकियो । जापानमा एघार बर्षपछि आएको एक शक्तिशाली सामुद्रिक आँधीको प्रहार राजधानी टोक्यो क्षेत्रमा सीधै परेकाले यहाँका दुवै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा पाँच सयभन्दा बढी आन्तरिक र बाह्य उडान अवरुद्ध भएका छन् ।

राजधानी टोकियोबाट दक्षिणपूर्व ८० किलोमिटर टाढा तातेयामा नगरमा स्थानी समयानुसार मध्याह्न १२ः३० बजे ‘मिन्ड्युल’ नामक सो सामुद्रिक आँधी अकमास्त आएको जापानको मौसम तथा जलबायु विज्ञान विभागले जनाएको छ ।

सुरुमा यस आँधीको बेग १४४ किलोमिटर प्रतिघण्टा मापन गरिएकोमा गति कम हँुदै गई साँझ ७ः०० बजेसम्ममा ३५ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो । आँधी उत्तरी टोकियोको फुकुसिमा जिल्ला पुगी त्यहाँबाट अझै उत्तरतर्फ अघि बढ्दै गइरहेको पनि जनाइएको छ ।

जापानको लोकप्रिय टेलिभिजन प्रसारण संस्था एनएचकेका अनुसार यस आँधीका कारण ३० जना बालबालिका सामान्य घाइते भएका छन् भने हुरीले उडाएर लडाइदिएकाले ३४ वर्षीय एक जनाको करङ भाँचिएको छ ।

आँधीपश्चात् परेको भारी वर्षात्का कारण टोक्योक्षेत्रका सबै नदीमा बाढी आएता पनि पानीको सतह खतराको चिन्हभन्दा माथि उक्लेको छैन । आँधी र भारी वर्षात्का राजधानीका नारिता र हानेदा दुवै अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द गरिएका कारण आन्तरिक र बाह्य गरी ५०८ उडान रद्ध गरिएका र साना ठूला सबै बिमान भूमिस्थ गरिएका छन् ।

टोक्योका कतिपय ठाउँमा रेल यातायत सेवा पनि अवरुद्ध भएका र होक्खाइदो जिल्लामा पनि कोम्पासु नामक सामुद्रिक आँधीले प्रभाव पारेको जनाइएको छ ।रासस/एएफपी

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्