Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष दूत निधि भारत भ्रमण सकेर आज स्वदेश फर्कदै 

Bimlendra Nidhi

काठमाडौं ७ भदौ । प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्कदै छन् । उच्चस्तरीय भेटवार्ता सकिएसँगै निधि आज पौने एक बजे स्वदेश फर्कन लागेका हुन् ।

सोमबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको भए पनि निधिको भारत बसाई एक दिन लम्बिएको थियो । भारतमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय उच्च नेताहरुसँग भेटघाट तथा द्धिपक्षीय भेटघाट गरेका छन् ।

 निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । त्यस्तै प्रधानमन्त्री मोदीसँगको भेटमा निधिले प्रधानमन्त्री प्रचण्डको पत्र हस्तान्तरण गरेका थिए । निधिको भ्रमणमा प्रधानन्त्री प्रचण्डको भारत भ्रमणको समय तय भएको छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्