Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाममा  जाँडरक्सी तथा नसाजन्य पदार्थ विक्री वितरणमा रोक !

janakpur_janaki_teampal
जनकपुरधाम ६ भदौ । जनकपुरधाममा आउँदो दशैदेखि जाँडरक्सी तथा नसाजन्य पदार्थ विक्री वितरणमा रोक लगाइने भएको छ । जनकपुरधाम धार्मिक नगरी भएकोले यस क्षेत्रमा भइरहेको दारु तथा नसाजन्य पदार्थ विक्रीले वातावरण विगारेको स्थानीयबासीहरुको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मदिराजन्य पदार्थ निषेध गर्न सबै पक्षको प्रतिबद्धता प्राप्त भइसकेकाले जिल्ला प्रशासन कार्यालयबाट निर्देशन लिई जनकपुर उपमहानगर पालिकालाई घोषणा गर्न पत्राचार सुरु भएको जनाएको छ । सीमा  पारी मदिराजन्य पदार्थ विक्री वितरण रोक लगाइएपछि जनकपुरधाममा त्यसक्षेत्रका मदिरापान गर्नेहरुको आवत जावत बढ्दै गएको छ ।

धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीलाई उद्धृत गर्दै जनकपुर टुडेका अनुसार सरोकारबला बिभिन्न निकायहरुसित छलफलगरी अभियानलाई नगरपालिकाको जिम्मा लगाइने । स्थानीय स्वायत शासन ऐन अनुसार नगर क्षेत्रभित्र उपमहानगर पालिकाले मद्यमांस निषेध गर्न सक्ने कानुनी प्रावधान छ ।

नगरपालिकाले बृहत्त छलफलको आयोजनागरी निश्चित समय तोकेर निषेधित क्षेत्र घोषणा गर्ने बताइएको छ । अहिलेको तयारी अनुसार विजया दशमीको दिनबाट मद्यमांस निषेधको घोषणा हुन सक्ने प्रहरीले जनाएको छ । मद्यमांसको कारण अपराधिक कृयाकलाप बढेकाले मद्यमांस निषेध गर्न लागेको प्रहरी प्रशासनको तर्क छ ।

‘जनकपुरधामको धार्मिक अक्ष्ुाण्तालाई अझ बृद्धि गर्न मद्यमांस निषेध गर्नु आवश्यक छ’ धनुषाका प्रहरी उपरिक्षक जोशीले भने, ‘मद्यमांस निषेध भएपछि पर्यटकहरुको आकर्षण बढन सक्छ ।’ तर होटेल व्यवसायीहरुले मद्यमांस निषेधको विपक्षमा देखिएका छन् । नियम बमोजिम भइरहेको कारोबारलाई प्रहरीले आफुखुशी रोक्न नसक्ने उनीहरुको तर्क छ ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्