Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिको दिल्ली भ्रमण लम्बियो, पूर्व प्रम सिंह र बिजेपी महासचिव राममाधवसग भेटघाट

NIdhi Madhaw

काठमाडौं, ६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विशेष दूत बनेर भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण एक दिन लम्बिएको छ ।  निधिले भारत भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट गरेका छन् । उनी मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबीच, निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र बिजेपी महासचिव राममाधवसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंह र राममाधव सँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ ।

आजै उपप्रधानमन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए । त्यस्तै भारतीय विपक्षी दल कँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई उनी बसेको होटलमै आइतबार भेटेका थिए ।

भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए । उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको बुझिएको छ । नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गरेका हुन् ।

 

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्