Logo
४ बैशाख २०८१, मंगलबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाचगान हेर्न पुगेका दुई जनाकाे हत्या

Hatya News

दाङ । गएराति दाङको गढवामा गोली हानी दुई जनाको हत्या भएको छ । गोली लागेर गम्भीर घाइते कालु रोकाको उपचारका लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

राजु रोकाको उपचारका क्रममा मृत्यु भएको छ । गएराति खबरी नाकामा भएको तीजको नाचगान हेर्न पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसिइवी कारण गोली हानेको प्रहरीले जनाएको छ ।

गढवा गाविस वडा नम्बर ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

पुनले योजनाबद्ध रुपमा गोली प्रहार गरेको थाहा भएको एसपी सिंहले बताए । मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाईकमा चढेलगत्तै गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने पुन फरार रहेको सिंहले बताए ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्