Logo
१५ चैत्र २०८०, बिहीबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँग सम्बन्ध सुधारबारे मोदीका दुई ट्विट, उत्साहजनक प्रतिक्रिया

Modi-Red-Fort

काठमाडौं, ५  भदौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईवटा ट्विट गरेका छन् ।पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा नेपालबारे मोदी प्रायः मौन थिए । मोदीले पहिलो ट्विटमा ‘नेपालका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विमलेन्द निधिसँग अत्यन्तै राम्रो भेटठवार्ता’ भएको उल्लेख गरेका छन् ।

दोस्रो ट्विटमा मोदीले भनेका छन्, ‘नेपाल–भारत सम्बन्ध जनस्तरका बलियो सम्बनधबाट निर्देशित छ । भारत मित्रता थप मजबुत पार्न चाहन्छ ।’ यी दुई ट्विट गरेका मोदीलाई ट्विटरमाफृत नै उत्साहजनक प्रतिक्रिया आइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्