Logo
२९ श्रावण २०७९, आईतबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिप्पणी :  मोदी–निधी भेटमा मधेसी मुद्दा नै महत्वपुर्ण, भारत दङ्ग !

Modi-Nidhi

काठमाडौं, भदौ ४। मधेसी मोर्चाको माग सम्बोधन हुँदा भारत दङ्ग यस्तै खबर आएको छ बिभिन्न समाचार माध्यममा । नेपालको समस्या नेपालीले नै समयमा गर्नु पर्ने कुरा पटक पटक भारतको नाम किन आउछ ? यो खोजी को बिषय बनेको छ ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटघाटमा पनि यस्तै कुरा भए स्रोत भन्छ ।

त्यसो त शनिबार भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी र निधि भेट हुदाँ पनि नेपालको कुरा मधेसबाटै सुरु भयो । होइन यो मधेसको कुरा नेपाल को समस्या हो की भारतको यस्तै प्रश्न खडा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले शुक्रबार नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताएका थिए । भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।

साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो ।  दिनभरको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको स्वकीय सचिव विक्रमको भनाइ छ ।

उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीहरूको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको थियो ।उपप्रधानमन्त्री निधिले शुक्रबार यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका थिए ।नयाँ सरकार गठनपछि प्रधानमन्त्री दाहालको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि बिहीबार भारत प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्