Logo
१५ चैत्र २०८०, बिहीबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रवन्धक चित्तरञ्जन दास बालिका बलात्कारको अभियोगमा पक्राउ

Dass

भैरहवा ४ भदौ । नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास बालिका बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका छन् ।  उनले बालिकालाई जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ । उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए । डेरामा पुगेका उनले सोहि घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

आयल निगम स्रोतका अनुसार उनी केहि साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर आउन ठीक्क परेका थिए भने त्यसका लागि रमाना पत्र बुझिसकेका थिए । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेका थिए । यसअघि पनि पटक पटक विवादमा तानिँदै आएका उनले  नाकाबन्दी ताका पेट्रोलमा घोटाला गरेको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्