Logo
४ बैशाख २०८१, मंगलबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिक्सा र जनमजदुरी गरेर जीवन गुजार्दै राष्ट्रिय खेलाडी !

Khel News

इनरुवा । खेलको विकासकोलागि भन्दै सरकारले बर्षेनी अरबौ रुपैया खर्च गर्ने गर्दछ । तर त्यो रकम बास्तविक रुपमा खेलको विकास र खेलाडीको संरक्षणमा प्रयोग हुन्छ कि हुँदैन ? भन्ने गंभिर प्रश्न खडा भएको छ । यस्तो प्रश्न सुनसरीका राष्ट्रिय कुस्ती खेलाडीको पछिल्लो समयको दिनचर्या हेर्दा जो कोहीलाई उत्पन्न हुन्छ । सुनसरी बविया २ घर भएका परमेश्वर मेहताले २०६४ सालमा भएको पुर्वाञ्चल स्तरीय क्षेत्रीय खेलकुद प्रतियोगीतामा दोस्रो स्थान हासिल गरेका थिए । उनले त्यस खेलमा सुनसरी जिल्लाको शिर उचो त बनाए तर खेल सकिए पछि मेडल र प्रमाण पत्र घरमा राख्ने बाहेक उनी सित कुनै विकल्प रहेन ।

अरु खेल जस्तो कुस्ती खेलबाट अतिरिक्त आम्दामी नहुने र राज्यले पनि खेलाडीहरुको सम्मान नगर्ने परम्परा बुझेर उनी खेल जीवन छाडेर वैदेशिक रोजगारीका लागी खाडी मुलुकमा हानीए । त्यहाँ पसिना बगाएर कमाएको पैसाले अहिले उनले इनरुवा बजारमा इ रिक्सा (सिटी सफारी) चलाएर परिवारको दैनिकी चलाउदै आएका छन । २०५० सालमा राष्ट्रीय खेलकुद प्रतियोगितामा सुनसरीबाट कुस्ती खेलमा प्रथम भएका अर्जुन मेहता हाल सुनसरीको भोक्राहामा केरा खेती र अन्य बाली लगाएर जीवन गुजारी रहेका छन । उनको कुस्ती खेल प्रति लगाव यथावत रहेपनि आर्थिक अवस्थाको कारणले खेल जीवन त्यागेर खेती गर्नु परिरहेको छ ।

बविया २ का महेन्द्र मेहता, राजेन्द्र उराँवले दुई पटक क्षेत्रीय च्याम्पियन भए पनि उनीहरु पनि अहिले खेल जीवन त्यागेर एक जना अर्काको इ रिक्सा चलाएर जीवन गुर्जाछन भने अर्का खेलाडी राजेन्द्र ट्रयाक्टर चालकको रुपमा जीवनको संघर्ष गरिरहेका छन । इनरुवा ४ का पर्शुराम चौधरीले कुखरा पालन व्यवासाय गरेर आफ्नो र परिवारको भरणपोषण गरिरहेका छन । चौधरीले आफ्नो खेलजीवनमा कहिल्यै पनि कुस्तीमा तेस्रो हुनु परेन । उनी सधै खेलमा पहिलो वा दोस्रो हुन्थे तर उनी आफूलाई त्यसबापत अलिहेसम्म एक रुपैया पनि नगर पुरस्कार पाएको स्मरण नभएको दुखेसो पोख्छन ।

सुनसरीबाट कुस्ती खेलाडी हुँदै निर्णायक र प्रशिक्षक रहेका मोहमद बसिर मियाँले कुस्ती खेलाडीको उर्वर भुमी मानिएको सुनसरीमा हाल पनि प्रसस्त खेलाडीहरु उत्पादन भै रहे पनि उनीहरुलाई व्यवसायीक रुपमा खेल क्षेत्रमा लगाउन सरकारी स्तरबाट कुनै नीति नबनाएकाले खेलाडी पलायन हुने क्रम धेरै हुने गरेको गुनासो गर्छन ।  सुनसरी जिल्लाका गाँउ गाँउमा हुने धार्मीक मेला, चाडपर्वहरुमा कुस्ती खेल अनिवार्य रुपमा हुने परम्परा रहेकाले त्यस मेलाहरुमा खेल्ने खेलाडीहरुले परम्परा कायम राख्न मात्र कुस्ती खेल्ने गरेकाले कुस्ति प्रतिको लगाव भने कायम रहेको मियाँ बताउँछन । तर राज्यले नहेर्ने र यस्तो पर्व कुर्नु पर्ने अवस्थाले कुस्तिलाई जीवित राख्न कठिन हुने मियाँको भनाई छन ।

सरकारले लोपोन्मुख अवस्थामा रहेको कुस्ती खेलको संरक्षणमा लगानी र नीति ल्याउन नसकेकाले खेलाडीहरुले यस खेलमा भविष्य सुरक्षित छैन भन्दै पलायन हुने गरेको अनुभव आफुले पाएको बसिर बताउँछन । इनरुवामा पेशा गरि जिवीकोपार्जन तर्फ लागेका खेलाडीहरुले कुस्ती खेलको दर्शक धेरै भए पनि सरकारी निकायको लगानी र खेलाडी उत्पादनमा कुनै ध्यान नदिनु कुस्तीका लागी बाधक भएको बताउँछन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भु आचार्य विभिन्न खेलका केन्द्रीय सस्थाहरु स्वायत्त भएकोले उनीहरुले खेल खेलाडीको विकासकोलागि प्रस्ताव ल्याए परिषदले विभिन्न कम्पनी र सरकार मार्फत सहयोग गर्ने गरेको भएपनि कुस्ती संघले त्यस्तो कुनै प्रस्ताव नल्याएकोले त्यसमा ध्यान जान नसकेको बताए । उनले भने,‘कुस्ती संघका पदाधिकारीहरु खेल र खेलाडीको विकास भन्दा पनि विदेश भ्रमणमै मस्त हुन्छन । अनि खेलको विकास कसरी हुन्छ ?’ यस्तो अवस्थालाई राष्ट्रिय खेलकुद परिषदले आगामि दिनमा कार्यक्रम नै ल्याएर परिवर्तन ल्याउन काम गर्ने विश्वास ब्यक्त गरे । #वर्णमालाबाट

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्