Logo
१२ बैशाख २०८१, बुधबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखुको भुक्तानी नपाएको भन्दै इस्टर्न सुगर मिलमा तालाबन्दी

Sugar Mil

इनरुवा । उखुको भुक्तानी नपाएको भन्दै आक्रोशित किसानहरुले सुनसरीको अमाहिबेल्हा स्थित इस्टर्न सुगर मिलमा तालाबन्दी गरेका छन् । पूर्वाञ्चलकै सबै भन्दा ठूलो चिनी मिल इस्टर्न सुगर मिलमा किसानहरुले गएराती तालाबन्दी गरेका हुन् ।

करिव ४१ करोड भुक्तानी पाउन बाँकी रहेकोमा मिल व्यवस्थापनले आनाकानी गरी वेवास्ता गरेकाले तालाबन्दी गर्नुपरेको कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।

भुक्तानी पाउनु पर्ने माग गरेका किसानहरुले माग सम्वोधन नगरे थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्