Logo
११ बैशाख २०८१, मंगलबार
(August 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी निर्णय त्रृटिपुर्ण, राधिकादेबीलाई पनि सहिद घोषणा गरियोस !

Rita Sah

यसै हप्ता मधेशी मोर्चाले तेस्रो मधेश आन्दोलनका सहिदहरुको नामावली सरकारलाई बुझाएको छ । त्यस सुचिमा ६१ जनाको नाम छ जसमा ५१ आन्दोलनकारीहरुको र १० जना सुरक्षाकर्मीहरुको नाम समावेश छ । त्यसमध्ये सरकारले ४१ जना आन्दोलनकारी र १० जना सुक्षाकर्मीलाई सहिद धोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले आन्दोलनकारीहरुको सुचिबाट १० जनालाई सहिद घोषणा गरेन, जसमध्ये सलार्ही, हरिपुर कछैयाकी राधिका साह बनियाँको नाम पनि परेको छैन ।  नवलपुरमा मंसीर १७ गते प्रहरी र आन्दोलनकारीबिच भएको दोहोरो झडपमा परी राधिका साह बाँनियाको मृत्यु भएको थियो । उनको शरीरमा चोटपटक पनि लागेको मोर्चाका स्थानीय नेताहरुको भनाई थियो ।

माघ २६ गते राधिका साहको घर पुगेर उनको छोरी शिवकुमारी सँग सोध्दा आमा छिमेकी महिलाहरुसँग आन्दोलनमा गएको भनेकी थिइन । तर स्थानीय पहाडी समुदायका मानिसहरुका अनुसार उनलाई भागदौडमा हृदयघात भएको थियो रे । त्यतिवेला स्थानीय प्रशासनसँग सहिद धोषणा गर्ने सहमति पनि भएको थियो । तर अहिले आएर उनको नाम एकाएक हटाएको छ ।

यो निर्णय एकदमै त्रृटिपुर्ण देखिन्छ । राधिकादेबीलाई पनि सहिद घोषणा गरिनुपर्छ । उनको बालबच्चाको अवस्था अत्यन्त नाजुक छ । उनको श्रीमान मानसीक रोगी छन् । परिबारको आर्थिक अवस्था धेरै कमजोर छ । #अधिकारकर्मी रिता साहको फेसबुक विचार !

प्रकाशित मिति: Aug 20, 2016

प्रतिक्रिया दिनुहोस्