Logo
१२ बैशाख २०८१, बुधबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँदिल्ली पुगेपछि निधिले के भने ? यस्तो छ उच्चस्तरीय भेटवार्ता !

nidhi in delhiकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार सााझ नयाादिल्ली पुगेका छन् । निधिले शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

जेट एयरको उडानबाट सााझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे । निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । भारत सरकारले उनको बसोबासको व्यवस्था होटेल ताज प्यालेसमा गरेको छ ।

उपप्रधानमन्त्री निधि सााझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए । भोजमा भारतीय कंग्रेसका नेता डा. करण सिंह, पूर्वविदेशसचिव श्यामशरण, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, राकेश सुद, भाजपा नेता तरुन भिजय, सांसद डिपी त्रिपाठीलगायत सहभागी थिए ।

निधि सोमबार सााझ मात्रै स्वदेश फर्किने कार्यक्रम छ । उनीसाग काठमाडौंबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना आएका छन् । औपचारिक भेटवार्ताहरूमा दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।

दिल्ली पुगेपछि निधिले यसो पो भने
उपप्रधानमन्त्री विमलेन्द्र निधिले दिल्ली ओर्लिएलगत्तै कुराकानीमा आफ्नो भ्रमण उच्चस्तरीय राजनीतिक रहेको बताए । संविधान कार्यान्वयनमा भारतको सद्भाव र दुई देशको सम्बन्ध सहज बनाउने विषयमा भ्रमण केन्द्रित हुने उनको भनाइ छ ।

नयाँ संविधानका सन्दर्भमा उत्पन्न असहमतिलाई संविधान संशोधनमार्फत सम्बोधन गरेर अघि बढ्न सरकार प्रतिबद्ध छ । यो विषयलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौा,’ निधिले भने,‘संविधान कार्यान्वयनमा भारतलगायत अन्तर्राष्ट्रिय सहयोग, सद्भाव आवश्यक छ, यसबारेमा म भारतका उच्च नेतृत्वसाग कुराकानी गर्नेछु ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे पनि भारतीय नेतृत्वसाग छलफल गर्ने उपप्रधानमन्त्री निधिले बताए । ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एजेन्डाबारे कुराकानी गर्छु, भारतीय समकक्षीलाई हाम्रो राष्ट्रपतिज्यूले पठाउनुभएको निमन्त्रणा हस्तान्तरण गर्छु र त्यसबारे सरकारका तर्फबाट थप कुराकानी गर्छु,’ उनले भने, ‘राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणका बारेमा पनि कुराकानी हुन्छ ।’

आज राष्ट्रपति
मुखर्जीसँग भेटवार्ता

उपप्रधानमन्त्री विमलेन्द्र निधिले शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता गर्दै छन् । शुक्रबार सााझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसाग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने तय भएको नेपाली दूतावासले जनाएको छ । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा हस्तान्तरणसहित दुई देशको सम्बन्धबारे छलफल हुनेछ । संविधान जारी भएको दिन ३ असोजमा आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको स्रोतले बताएको छ ।
उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसाग शुक्रबार १ देखि ३ बजेसम्म भेटवार्ता गर्ने तय भएको छ । भेटमा नेपाल–भारत सुरक्षा मामिलाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री मोदीलाई शनिबार भेट्ने
उपप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेभेन रेसकोर्सरोडस्थित प्रधानमन्त्रीनिवासमा शनिबार बिहान ११ बजे भेट्ने तय भएको छ । निधिले संविधान संशोधन गर्न भइरहेको प्रयास तथा संविधान कार्यान्वयनमा भारतको सहयोगबारे मोदीसाग कुराकानी गर्नेछन् ।
‘संविधानसाग जोडिएको असन्तुष्टि सम्बोधन गर्ने सरकारको पहिलो प्राथमिकता हो,’ निधिले भने, ‘हामीले यसलाई राष्ट्रिय एजेन्डा बनाएका छौा । संविधान कार्यान्वयनका सन्दर्भमा भारतको सद्भावका लागि म कुराकानी गर्छुु ।’ निधिले विदेशमन्त्री सुष्मा स्वराजसाग शुक्रबार पौने तीन बजे भेट्ने कार्यक्रम छ ।

अमित र मनमोहनसँग भेट्ने प्रयास
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसाग भेटका लागि प्रयास भइरहेको छ । साह सकारात्मक भए पनि समय तय हुन बााकी छ । भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता डा. मनमोहन सिंहसाग निधिको भेटवार्ताका लागि नेपाली दूतावासले प्रयास गरिरहेको छ । भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसाग भेटका लागि सुरुमा कोसिस भए पनि उनको स्वास्थ्यलगायत कारण सम्भव नभएपछि पूर्वप्रधानमन्त्री सिंहसाग भेट्न प्रयास भएको हो । सिंहसाग शनिबार अपराह्न भेट्नेबारे कुराकानी भएको, तर समय तय नभएको दूतावास स्रोतले जानकारी दिएको छ । ०६२/६३ को आन्दोलनपूर्व भएको १२ बुादे समझदारी र नेपालमा गणतन्त्र घोषणा हुने वेला भारतमा सिंह प्रधानमन्त्री थिए ।

आइतबार र सोमबारका कार्यक्रम व्यक्तिगत
उच्चस्तरीय र औपचारिक कार्यक्रम शनिबार सााझसम्म सक्ने उपप्रधानमन्त्री निधिको तयारी छ । त्यसपछि आइतबार र सोमबार सााझसम्म उनले व्यक्तिगत तथा पारिवारिक भेटवार्ता गर्ने कार्यक्रम छ । तर, यसबारे बाहिर जानकारी दिइएको छैन ।

सम्बन्ध थप बलियो हुने विश्वास
तरुण विजय, भाजपा नेता
नेपाल र भारतबीचको सम्बन्ध यहााका जनताको रक्त सम्बन्धमा आधारित छ । हाम्रो प्राचीन सम्बन्ध धर्म, संस्कृतिबाट निर्देशित छ । पछिल्लो समय सम्बन्धमा केही असमझदारी पैदा भए, अविश्वास उत्पन्न भए । अब त्यसलाई बिर्सेर अघि बढ्नुपर्छ र यसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुनुहुन्छ भन्ने मलाई विश्वास छ । अहिले विमलेन्द्र निधि आउनुभएको छ । उहााको भ्रमणले हाम्रो सम्बन्ध थप बलियो हुनेछ र दक्षिण एसियाका शान्तिका प्रतीक नेपाल र भारत थप विश्वासका साथ अघि बढ्ने आधार तय हुनेछ भन्नेमा म आशावादी छु ।

नयाँ सरकारको प्राथमिकता जान्ने अवसर : भारत
भारतले उपप्रधानमन्त्री निधिको भ्रमणलाई नयाा सरकारको प्राथमिकता जान्ने अवसर भएको बताएको छ । बिहीबार आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भने, ‘निधिजी नेपालका प्रधानमन्त्रीका विशेष दूतका रूपमा आउनुभएको छ । हाम्रा लागि यो नेपाल सरकारको प्राथमिकता जान्ने अवसर हो । भ्रमणमा नेपाल–भारत बहुआयामिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुन्छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्