Logo
४ बैशाख २०८१, मंगलबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चालक समातिएसँगै आर्या फर्मास्युटिकलका  संजय अग्रवाल र अमित अग्रवाल ‘बेपत्ता’

18990acd1ce0af534322d6aec622e32a_L

वीरगन्ज, १ भदौ । एन्टीकोल्ड समूहको औषधि बनाउनका लागि ल्याइएको ‘सिउडोइफ्रेडिन’ नामक रसायन अन्तराष्ट्रिय लागुऔषध कारोबारीसँग मिलेर तस्करी गरेको आरोपमा आर्या फर्मास्युटिकलका सञ्चालक समातिएसँगै अन्य दुईवटा फर्मास्युटिकलका सञ्चालकपनि सम्पर्कबिहीन रहेको खबर छ ।

आर्या फर्मास्युटिकलका सञ्चालक रतनलाल सांघाईका भाञ्जा समेत रहेका एसआर ड्रग ल्याव्रोटरिजका सञ्चालक संजय अग्रवाल र तरुस फर्माका अमित अग्रवाल हिजोआज लापत्ता छन् । उनीहरु औषधि उत्पादक संघको पछिल्ला बैठकहरुमा समेत नदेखिएको र सम्पर्कमा पनि नआएको बुझिएको छ । आफ्नो सहोदर मामा रसायन तस्करीको आरोपमा पक्रिएपछि भाञ्जाहरु संजय र अमितपनि सम्पर्कमा नआएको औषधि उत्पादक संघका एक अधिकारीले बताए ।

त्यसो त आर्याले तस्करी गरेको सिउडोफ्रेइडिन नामक रसायन प्रयोग गरेर धेरैवटा कम्पनीले औषधि बनाउँछन् । यसमा नाम कहलिएका देउराली जनता फर्मास्युटिकलदेखि लोमस फर्मास्युटिकलसम्म छन् । त्यस्तै, टाइम फर्मास्युटिकलले बनाउने चर्चित ‘साइनेक्स’ भन्ने औषधिमा पनि यही रसायन प्रयोग हुन्छ । यसै रसायनको प्रयोग गरेर अग्रवालको एसआर ड्रगले क्रोनोफेड नामका सिरप र ट्यावलेटहरु उत्पादन गर्दै आएको छ ।

त्यस्तै अमित अग्रवालको तरुस फर्माले पनि जुफेन नामका ट्यावलेटहरु यसै रसायनको प्रयोगमा बनाउँदै आएको छ । मामा पक्राउ परेसँगै भाञ्जाहरु पनि सम्पर्कबिहीन हुनुले औषधि उत्पादकहरुमा खैलाबैला मच्चिएको छ । दुबैको कम्पनीमा सिउडोइफ्रेडिनको प्रयोगबाट औषधि बन्ने भएकाले कतै उनीहरुले पनि मामाकै सिको त गरेका छैनन् भन्ने आशंका बढेको एकजना औषधि उद्योगीले हाम्रो डाक्टरलाई बताए । उनले भने ‘एक दर्जनभन्दा बढी कम्पनीले यस रसायनको प्रयोगबाट औषधि बनाउने भएकाले उनीहरुलाई मात्र शंका गर्न मिल्दैन ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्