Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगल छैन, तर सुनसरीको साहेबगञ्जमा अढाईसय बादरको आतंक !

SAMSUNG CAMERA PICTURES

इनरुवा । सुनसरीको भारतीय सीमासँग जोडिएको साहेवगञ्ज गाविस जहाँ न कुनै प्राकृतिक जंगल छन न कृत्रिम नै तर पनि त्यस क्षेत्रका स्थानीयवासीहरु जङ्गली जनावरको आतंकबाट त्रसित हुँदै आएका छन । साहेवगञ्जमा न त जङ्गलको कुरै छाडौ न त ठुला रुख नै छन । तै जनि त्यस क्षेत्रका बासिन्दायहरु जङ्गली जनावर बादरको आतंकले हैरान भएका छन । प्रायः जङ्गल छेउको वस्तीमा आउने बादर साहेवगञ्जमा भर्खरै भने आएको हैन ६ महिना देखी गाँउमा स्थायी रुपमा डेरा जमाएर २ सय ५० भन्दा बढीको संख्यामा बादरको समुह बसेको छ ।

साहेवगञ्जका जिवछ साहका अनुसार बिहान बेलुका ५० भन्दा बढीको संख्यामा दैनिक बादरहरु आएर घर भित्र पसी खाद्यन्न खाने, नष्ट गरिदिने , पकाएका खानेकुरा भात रोटी तरकारी समेत भान्छामा गएर खाईदिने गरेर हैरान पारिसकेको छ । जसका कारण अहिले त्यस क्षेत्रका बासिन्दाहरुमा आतंक नै मच्चिएको छ ।  खेतवारीमा लगाएको बालीनाली, फलफुल, तरकारी खाने नष्ट गर्ने भएकाले किसानहरुले बाली लगाउन समेत बादरका कारण बन्द गर्नु पर्ने अवस्था आएकाले मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला वन कार्यालय सुनसरीमा गाउँलेहरुको डेलिगेशन आएर बादर आतंक नियन्त्रण गर्न माग गरेको साहेवगञ्जका उमेश साहले बताए ।

घरमा साना केटाकेटी मात्र भएको अवस्थामा बादरले टोक्ने चिर्थोने र झम्टीने जस्ता कार्य गर्ने भएकाले साना बच्चा घरमा एक्लै छाडेर हिडन समेत डरमर्दो अवस्था आएकोले रोजगारी गरेर खानेहरु काममा जाने भन्दा पनि बादर धपाएर बस्न बाध्य भएको स्थानीय हिरण साह गुनासो र्छन ।  साहेवगञ्ज गाविसको २,३ ,६ नं वडामा पुर्ण रुपमा र ८ र ९ मा आशिक रुपमा बाँदरले दुखः दिने गरेको छ । सुनसरी प्रशासन र वनमा बाँदर नियन्त्रणका लागी आग्रह गर्न गएपनि प्रमुख जिल्ला अधिकारी नभएका कारण समस्या समाधानमा ठोस निष्कर्स निस्कन नसकेको जिवछ साहले बताए ।

सुनसरीको भारतीय सीमासँग जोडीएको साहेवगञ्ज गाविसमा बाँदर आएको ६ महिना मात्र भएको होइन यस अगाडी ५० औ वर्ष देखी कप्तानगञ्ज गाविसको पाँचो सिमर भन्ने स्थानमा सिमलका रुख, आपको बगैचामा ति बाँदर बसोवास गरि आएका छन । अहिले सिमलका ठुला रुख आप बगैचाँ विनास भएकाले ति बादरहरु बाँस झाङमा बस्न थालेका हुन । पुरानो वास स्थानबाट सर्दै साहेवगञ्जमा आएका ति बाँदर अहिले बाक्लो बाँसका झाङ भएको स्थानमा बस्दै आएका छन । दिन भर सुत्ने आराम गर्ने र साँझ विहान खानेकुराको खोजीमा गाँउ पस्न थालेको जिवछ साह बताउँछन । @नईम अन्सरीले बर्णमालामा लेखेका छन । 

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्