Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता

DPMPremier-1

१ भदौ, काठमाडौं  ।  प्रधानमन्त्री प्रचण्डको विशेष दूत बनेर चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेट वार्ता गरेका छन् ।  हिजो मात्र उनले आफ्ना चिनियाँ समकक्षीसँग वाङ यीसँग भेट गरेका महराले आज प्रधानमन्त्री लि खछ्याङसँग भेट गरेका हुन् ।

भेटमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाल सरकारबाट राष्ट्रपति र प्रधानमन्त्रीका लागि आएको निमन्त्रणाप्रति धन्यावाद दिएका छन् । बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ती अनुसार चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा दुई देशका परराष्ट्र मन्त्रालयवीच संवाद जारी रहनेछ ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्न तथा यसका लागि चिनियाँ पक्षलाई सम्पूर्ण रुपमा आश्वस्त तुल्याउन महरा प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन भ्रमणमा गएका थिए । अगाडिका सरकारले चीनसँग गरेका सम्झौताको कार्यन्वयन र नयाँ सम्झौताका विषयमा वातवरण बनाउने विषयमा पनि महराको भ्रमण केन्द्रत थियो ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्