Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ रहेको सरकारी पुष्टी (नामावली सहित)

Durghatna News

काभ्रे ।  कात्तिकेदेउराली खहरेखोलामा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टी भएको छ । २६ जनाको घटनास्थलमा र पौखरीचौरी–७ का रमेश गौतमको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने एसपी बास्तोलाले जानकारी दिए ।

कात्तिकेदउराली गाविसका ११ जना र मादनकुँडारी गाविसका ९ जनाको मृत्यु भएको छ । गोठपानीका २, मेच्छेपौवा, विर्तादेउराली र पोखरीचौरी गाविसका १/१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ३७ जानको धुलिखेल, ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको डिएसपी नविनराज राईले जानकारी दिए । घाइते ३७ मध्ये २६ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको थियो ।

मृतकको नामावली

मादनकुँडारी–८ की ८ वर्षीया एलिशा तामाङ
मादनकुँडारी –९ की ३५ वर्षीय सञ्जा तामाङ
मादनकुँडारी की २६ वर्षीया सानुमाया तामाङ
मादनकुँडारी का ४० वर्षीय छविलाल चौलागााई
मादनकुँडारी –५ का ५६ वर्षीय निलकण्ठ गौतम
मादनकुँडारी –३ बस्ने ७० वर्षीय औलतसिं वाइवा
मादनकुँडारी – ३ की ७० वर्षीया माईली तामाङ
मादनकुँडारी –६ का ५४ वर्षीया जय भन्ने केशव पाण्डे
मादनकुँडारी–४ की ३० वर्षीया सुष्मा लामा मगर
मादनकुँडारी –५ का ३६ वर्षीया विनोद गौतम
कात्तिकेदेउराली –८ की ५० वर्षीया सुशिला शिवभक्ती
कात्तिकेदेउराली –७ की ३० वर्षीया सिता बर्देवा
कात्तिकेदेउराली –३० वर्षीया कुनमाया परियार
कात्तिकेदेउराली –१ का ३० वर्षीय उमेश सापकोटा
कात्तिकेदेउराली –३ का २८ वर्षीय बिष्णु बास्कोटा
कात्तिकेदेउराली –७ का ४७ वर्षीय कृष्ण दमाइ
कात्तिकेदेउराली –७ का ३६ वर्षीय कृष्णहरि बर्देवा
कात्तिकेदेउराली –७ का ४७ वर्षीय परशुराम गौतम
कात्तिकेदेउराली –७ का ७३ वर्षीय गोविन्दप्रसाद गौतम
कात्तिकेदेउराली –२ की ४५ वर्षीय सिता गिरी
कात्तिकेदेउराली ८ बर्षे शुशिला शिवभक्ति (बेलकुमारी)
मेच्छेपौवा–१ की ४६ वर्षीया इन्द्रकुमारी लामा
गोठपानी–२ की २१ वर्षीय रेशम विक
गोठपानी–१ की ७५ वर्षीया ठुलीकान्छी सुनुवार
रामेछाप गुन्सी भदौरे–१ का ५४ वर्षीय लिलानाथ गौतम
रामेछाप लखनपुर–१ की ४५ वर्षीया जुनकिरी गौतम
बिर्तादेउराली–२ का ६५ वर्षीय कृष्णहरि पाण्डे
पोखरीचौरी–७ का रमेश गौतम (शिक्षण अस्पतालमा)

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्