Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोली लाउँदा उकुसमुकुस सारी लाउँदा गर्मी, वान पीसमै नाचिन्छ

teej special
काठमाडौ । गायिका मेनुका सोनी र गायक तिर्थ खत्रीको आवाजमा तिज गीत “जति नाच्यो उती मजा” सार्वजनिक भएको छ ।

गीतमा तिजमा सारी लगाउनु पर्ने तर साडी लगाउँदा गर्मी हुने भन्दै वान पिसमा नाच्ने कुराको बढी नै प्रसंग गरिएको छ ।

सुन्दा रमाईलो लागेपनि गीतले तीज गीतको नाममा विकृती भित्र्याएको महसुस हुन्छ ।

तीज पर्वको बिशेषता भनेकै सारी चोली हो । तर चोली लगाउँदा उकुस मुकस र सारी लगाउँदा गर्मी हुने भन्दै गाईएको यो गीतले सबैलाई नचाउँछ ।

यो गीतलाई हमाल म्युजिकले बजारमा ल्याएको हो । स्मृती तिमिल्सीनाको निर्देशनमा बनेको यो भिडियोमा सन्दिप र मेनुकाको अभिनय रहेको छ ।

भिडियो :-

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्