Logo
८ बैशाख २०८१, शनिबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनकारी दलहरू बीच जारी संवादबारे नेसपाको पहल

Anil Jha News

काठमाडौ, साउन ३१ गते । सरकार र मधेश आन्दोलनकारी दलहरू बीच जारी संवादबारे पार्टीको दृष्टिकोण तय गर्न अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीले पहल थालेको छ । मधेश मुद्दा सम्वोधनका लागि दवाव दिने उद्देश्यले नेपाल सदभावना पार्टीको आइतबारदेखि पार्टीको केन्द्रिय कार्यालय, शान्तिनगरमा पदाधिकारी बैठक शुरू भएको पार्टीका महासचिव राजिव झाले बताए ।

अध्यक्ष अनिलकुमार झाको अध्यक्षतामा शुरू भएको बैठकमा संविधान संशोधनका बुँदाहरूमा छलफल हुनुको साथै संघियताको नामांकन र सिमांकन, संसदमा प्रतिनिधित्व, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था, शहिद घोषणा, घाईते, अपांग र धनजनको क्षतिपूर्तिलगायतका विषयमा आफ्नो धारणा बनाउन छलफल हुने पार्टीका प्रवक्ता डा.डिम्पल झाले बताए । तीन दिनसम्म चल्ने पार्टीको पदाधिकारी बैठकले पार्टीको भावी कार्ययोजना लगायत संगठन विस्तारको विषयमा समेत निर्णय गर्नेछ ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्