Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव भने ‘संविधान संशोधन नभए, खारेजीको मुद्धा अघि बढ्छ’

Upendra-Yadav-450x300

महोत्तरी  । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन नगरिकन यो संविधान स्विकार्न नसकिने दोहोर्‍याएका छन् ।महोत्तरी सदरमुका जलेश्वरमा आइतबार अपरान्ह सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले संविधान संशोधनका मागमा मोर्चा अडिग रहको बताए ।

उनले संशोधनवाट कमी कमजोरी सच्याई यही संविधानलाई सर्वस्विकार्य बनाउन चुक्नु नहुने धारणा राखे । ‘हामीले संशोधन र सुधारका कुरा मात्र उठाउँदै आएका छौं,’ उनले थपे ‘वेवास्ता गरियो भने खारेजीको आन्दोलन चर्काउन बाध्य हुने छौं ।’

यथास्थितिको संविधानले मुलुकलाई निकास र स्थिरता दिन नसकने उनको जिकिर थियो । ‘यो संविधान पनि गलत छ,’ उनले भने, ‘यसले कोरेको सिमाङ्कन हिमालदेखि तराईसम्म स्विकार्य पनि छैन ।’

यादवले यथास्थितिमा गराइने कुनै पनि निर्वाचनको सार्थकता नहुने तर्क गरे । भने ‘अब नेपालमा चुनावकै लागि चुनाव सम्भव छैन ।’ उनले कांग्रेस र कम्युनिष्टले मुलुकमा अस्थिरता ल्याएको आरोप लगाए । मुलुक अधोगतितर्फ गइरहेको तथ्याङ्कगत विवरण पनि जोड्न खोजे ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्