Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पर्सा, चितवन र झापा सम्म मधेश प्रदेश घोषणा हुने तैयारी’

Upendra-Yadav-450x300

जनकपुर, २९ साउन ।   पहिलो सबिधानसभाले गठन गरेको राज्यपुनसंरचना आयोगले दिएको प्रतिवेदन अनुसार नै पर्सा, चितवन र झापा सम्म मधेश प्रदेश घोषणा हुने तैयारी भइरहेको  संघीय समाजबादी फोरम नेपालका  उपेन्द्र यादवले  बताएका छन ।

उनले यहि सहमती अनुसार नयाँ सरकारलाई आफूहरुले सहयोग गरेको तर त्यस्तो नभए सहयोग फिर्ता हुने बताए । एक भेल उदघाटन गर्न मधेश पुगेका यादवले संचारकर्मीसगको कुराकानीमा त्यस्तो बताएका हुन । जनकपुरमा साउन २८ र २९ गते दुई दिने भेलाको आयोजना गरिएको छ ।

बैठकमा पर्सा ,चितवन र झापासम्मका पार्टीका केन्द्रिय सदस्यहरू, जिल्ला अध्यक्षहरू, केन्द्रिय सल्लाहकारू, केन्द्रिय परिषद सदस्यहरू र आमन्त्रित सदस्यहरूले भाग लिने छन् । कार्यक्रममा पहिलो दिन मधेश प्रदेश घोषणा र दोस्रो दिन प्रदेश समितीहरू बन्ने लगभग तैयारी भएको कुरा पर्सा अध्यक्ष प्रदिप यादवले जानकारी गराए ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्