Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा भाइरल ज्वरोको प्रकोपले बिरामीको चाप

inaruwa-hospital-1

सुनसरी । मधेशका बिभिन्न जिल्लाहरुमा केहीदिनयता भाइरल ज्वरोबाट ग्रस्त बिरामीहरुको संख्या एकाएक बढेको छ । इनरुवा अस्पतालमा मात्रै पछिल्ला समयमा दिनको ४० देखि ६० जना भाइरल ज्वरोका बिरामीहरु ओपीडीमा आउने गरेको जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारीले जानकारी दिए । आकस्मिक कक्षमा पनि दिनहुँ ७ देखि १० जनाको दरले विरामीहरु आउने गरेका छन । उनले मौसममा आएको परिवर्तनको कारणले विरामीको संख्या अझै बढ्न सम्भावना उनले ब्यक्त गरे ।

भाइरल ज्वरोको प्रकोप देखिन थालेपछि अस्पतालले सात जना चिकित्सकको टिमलाई तयारी अवस्थामा राखेर उपचारलाई चुस्त दुरुस्त पारेको छ । अधिकारीले चिकित्सकको कमि नरहेको र उनीहरु तम्तयार अवस्थामा रहेकोले जति विरामी आएपनि उपचारमा समस्या नरहेको दावी गरे ।

सुनसरी जिल्लाको प्रमुख उपचार केन्द्र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भाइरल ज्वरोका विरामी ह्वात्तै बढेको छ । मौसम परिवर्तनसंगै बर्षातको समयमा बढी देखिने यो भाइरलको समस्याबाट आउने विरामीहरुको चाप ह्वात्तै बढेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, शरीरका आख्ला आख्ला दुख्ने, कमजोरी हुने, रिंंगटा लाग्ने र कसैकैलाई वान्ता हुने, घाटी खस खस गर्ने, खोकी लाग्ने समस्या भाइरल प्रकोपका विरामीको लक्ष्मण भएको चिकित्सकको भनाई छ ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्