Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोबजारी कानुन संशोधन गर्न मन्त्रिपरिषदको निर्देशन

PM Prachand

काठमाडौं, २७ साउन  । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दैनिक उपभोग्य वस्तुमा मिसावट, कालोबजारी र कृत्रिम अभावमा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउन हाल कायम रहेको कानुनमा के कस्तो संशोधन वा परिमार्जन गर्न आवश्यक छ त्यो तयार गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएको छ  ।

महंगी, कालोबजारी र कृत्रिम अभावमा संलग्नलाई कडा कारबाहीसहितको सजाय व्यवस्था गर्न सरकारले विद्यमान कानुन संशोधन गर्ने भएको उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।

संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले १ सय ९० भन्दा बढी ऐनमा एकमुष्ट संशोधन गरी दोषीमाथि १० वर्ष जेल सजायको कानुनी कारबाही र सजायको व्यवस्थालाई घटाएर एक वर्ष बनाएको थियो ।

संसदबाट ऐन संशोधन गरी राजपत्रमा प्रकाशित भएपछिमात्रै कालोबजारीविरुद्धको सजाय कम गर्ने कानुनी व्यवस्था गरेको जानकारी पाएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध तत्काल संशोधनको माग गरेको थियो।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्