Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई तनावः संसदमा प्रतिपक्षी वेन्चमा बस्ने गठबन्धनको निर्णय !

Madheshi Morcha

काठमाडौं, २७ साउन । सरकार र मधेशी मोर्चा बिच पछिल्लोपटक सुमधुर सम्बन्ध बनेको भएता पनि हिजोबाट फेरी खटपट सुरु भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तह पुनर्संरचनाको कामकारबाही रोक्न माग गरेपछि सम्बन्धमा खटपट सुरु भएको हो । बुधबार बसेको बैठकले स्थानीय तहको संख्या तथा सीमा निर्धारण आयोगले स्थानीयस्तरमा गरिरहेको छलफल रोक्न दबाब दिने निर्णय गरेको हो ।

राजनीतिक सहमतिपछि मात्र गाउँपालिका र नगरपालिको सीमा निर्धारणको काम अगाडि बढाउनुपर्ने गठबन्धनको निष्कर्ष छ । संसदमा प्रतिपक्षीकै वेन्चमा बस्ने गठबन्धनले निर्णय गरेको छ । सरकारलाई समर्थन गरे पनि संविधान संशोधन प्रक्रिया अगाडि नबढेसम्म प्रतिपक्षको वेन्चमा बस्ने निर्णय भएको बैठकमा सहभागी रामसपाका नेता केशव झाले बताए ।

मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग पुरा हुन बाकी छ । गठबन्धनको वैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सदभावनाका अनिल झा वैठकमा अनुपस्थित भएका छन् । उनीहरुसँग छलफल गरी वैठक मिति तय भएको थियो । वैठकबाटै नेताहरुले फोन गर्दा आउने भनेर उनीहरु अन्तिमसम्म पनि पुगेनन् ।

गठबन्धनले सरकार गठन भएको एक साताभित्र गर्ने भनिएका काम गर्न सरकारसँग सहकार्यको निर्णय पनि गरेको छ । सरकारले गृह मन्त्रालयमार्फत आन्दोलनका घाइते, मृतकको संख्या संकलन गरिरहेको भए पनि ढिलाइ हुन सक्ने भएकाले सहकार्यको निर्णय भएको गठबन्धनका नेता झाले जानकारी दिए ।

यो समाचार पोष्ट भएपछि नेसपा अध्यक्ष अनिल झाको प्रतिकृया जस्ताको त्यस्तै:

संघीय गठबन्धन सम्बद्ध समाचारमा निम्न विषयबस्तुहरू प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।
1: हाम्रो पार्टीको नाम नेपाल सदभावना पार्टी लेखिनु पर्नेमा अन्यथा हुन गएकोछ ।
2: अर्कै सन्दर्भमा कुरा गर्दा बैठक सम्बन्धि कुरा भएको हो । काठमाण्डौमा रहने-नरहने वा फुर्सद हुने-नहुने संग बैठकमा उपस्थितिको सरोकार हुन्न । बैठकमा उपस्थिति-अनुपस्थिति नेताहरू बीच रहने सम्बन्ध, बैठकको प्रक्रिया र पद्धति तथा राजनीतिक विषय संग सम्बन्धित हो । यो सहयोगी, शुभेच्छु, जालझेल, विज्ञापन र प्रचारको विषय होइन ।

 

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्