Logo
१३ बैशाख २०८१, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिको जवाफः अन्तरिम विधानका अधारमा एकता गर्न सधैं खुल्ला छौं

Pashupati

काठमाडौं २५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकताको अध्याय समाप्त भएको घोषणा गरेसँगै राप्रपाले आफ्नो पार्टी अझैं पनि एकताको पक्षमा रहेको बताएको छ । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निर्देशनमा सहप्रवक्ता किरण गिरीले मंगलबार एक विज्ञप्ती जारी गर्दै अन्तरिम विधानका अन्तरबस्तुहरुमा सहमति गर्दै राप्रपा नेपालसँग एकता गर्न सधैं खुल्ला र उदार एवम् प्रतिबद्ध रहेको बताएका छन् ।

राप्रपाले प्राविधिक कारण देखाउँदै एकता तत्काल हुन नसक्ने सोमबार बताएपछि राप्रपा नेपालले आज पत्रकार सम्मेलन गरि अब एकताको च्याप्टर क्लोज भएको बताएका थिए । राप्रपा नेपालका अध्यक्ष थापाले अन्तिम समयमा विदेशीको प्रभावमा परेर राणाले धोका दिएको बताएका थिए ।

तर राप्रपाले भने आफूहरु एकताको पक्षमा रहँदा रहँदै एकलौटी रुपमा राप्रपा नेपालले एकता प्रक्रिया भंग गरेको आरोप लगाएको छ । यसअघिको दुई पार्टीको सहमतिअनुसार आजको लागि एकता घोषणा सभाको आयोजना गरिएको थियो । राप्रपाले एकता नहुने बताएसँगै आजको कार्यक्रम रद्द भएको थियो ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्