Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादपछि नेवि सङ्घको बन्दसत्र भोलिलाई सर्‍यो

NSU Mahadhiwesan  (1)

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ । महाधिवेशन प्रतिनिधिको कार्ड भोलि बिहान ८ बजे काँग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट वितरण हुने सङ्घले जनाएको छ ।

आइतबार भएको सङ्घको ११औँ महाधिवेशन उद्घाटनपछि आजका लागि निर्धारित बन्दसत्र प्राविधिक समस्याका कारण साउन २५ गते सारिएको नेवि सङ्घ कार्यालयका मुख्य–सचिव शिव रिमालले जानकारी दिए ।

केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखिएको प्राविधिक समस्याका कारण बन्दसत्र भोलि मङ्गलबार दिउँसो २ बजे हुने सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको छ ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्