Logo
६ बैशाख २०८१, बिहीबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्लाले भने- ‘मन्त्री पदसँग सीमांकनको मुद्दा साट्दैनौं’ 

Sarbendranath Sukla

काठमाडौं २४ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले मन्त्री पदसँग सीमांकनको मुद्दा नसाट्ने बताएका छन् ।तीनबुँदे सहमतिसँगै आफूहरुले सरकारलाई समर्थन गरेको भन्दै उनले सीमांकन र विभेदकारी धाराहरुलाई संशोधन गर्नुपर्ने बताए ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई संसदमा बधाइ तथा शुभकामना दिने क्रममा मधेसी मोर्चाका नेता शुक्लाले आफूहरु सम्मानजनक निकासको पक्षमा रहेको बताए ।

कांग्रेस र माओवादीको प्रतिवद्धताका आधारमा माग सम्बोधन हुन्छ भन्ने विश्वास लागेको भन्दै उनले भने, ‘मुद्दालाई थाती राखेर हामी सरकारमा जाने पक्षमा छैनौं । मुद्दालाई कुर्सीसँग साटासाट गर्ने पक्षमा छैनौैं ।’

तीनबुँदे सहमतिको दोस्रो बुँदा कार्यान्वयन सुरु भएको र पहिलो बुँदा पनि कार्यान्वयनका लागि गृहकार्य सुरु भएको उनले बताए । यो सहज नभएको भन्दै उनले भने, ‘सरकारको गतिशिलतालाई हामी नजिकबाट नियाल्छौं ।’

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्