Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिस्टेल एयरको हेलिकप्टर जंगलमा दुर्घटना, हेलिकप्टरमा बालकसहित ५ यात्रु

Heli-1000x0

काठमाडौं  । काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ । काठमाडौं बिमानस्थल आउन १६ किलोमिटर बाँकी हुँदा हेलिकप्टर सम्पर्कविहीन भएको हो । फिस्टेल एयरको अल्फा किलो अल्फा नाइनएन एकेए साइन भएको हेलिकप्टर सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर गोर्खा पुगेको थियो । हेलिकप्टरमा एक बालकसहित ५ यात्रु छन् । हेलिकप्टर क्याप्टेन रञ्जन लिम्बुले चलाएका थिए ।

हेलिकप्टर १२ बजेर २२ मिनेटदेखि सम्पर्कबिहीन भएको त्रिभुवन बिमानस्थलका फ्लाइट डिपार्टमेन्ट प्रमुख सुधीर चौधरीले जानकारी दिए । उनले हेलिकप्टर नुवाकोट क्षेत्रमा आइपुगेर सम्पर्कविहीन भएकाले त्यस क्षेत्रमा खोजी कार्य सुरु गरिएको बताए । सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा गएको मनाङ एयरको अर्को हेलिकप्टर भारी वर्षाको कारण फर्किएको छ भने फिस्टेलकै अर्को हेलिकप्टर खोजीका लागि पठाइएको छ । चौधरीले नुवाकोटको बेतिनी जंगलमा धुँवा आइरहेको अपुष्ट खबर प्राप्त भएको बताए ।

हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् । हेलिकोप्टरमा एक चालकसहित ६ जना सवार थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन ।  फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।

#सम्पर्कविहीन भएकाे नाइनएन एकेए हेलिकप्टर । तस्बिर स्राेत : फिस्टेल एयरकाे वेबसाइट ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्