Logo
६ बैशाख २०८१, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडल तिर्सनाले आफ्नो शब्द आफैले यसरी गाईन् तीज कोशेली – भिडियो सहित

tirsana
काठमाडौं  । बिगतमा बेला बखत विभिन्न खाले विवादका कारण मिडियामा छाईरहेकी हट मोडल/कलाकार तिर्सना बुढाथोकी कुनै नौलो नाम होइन ।

पछिल्लो समय फोटो शुटका कारण सामाजिक संजालमा उनि निक्कै चर्चामा आएकी थिईन  ।  उनका फोटो शुट प्रति धेरैले नकारात्मक प्रतिक्रिया समेत दिने गरेका थिए  । अब त्यो भ्रमलाई चिर्दै छिन तिर्सनाले, अबका दिनमा सकारात्मक सन्देश दिन खोजेको प्रस्टै देखिन्छ ।

नजिकिदै गरेको महिलाहरुको महानपर्ब तीजको अवसर पारेर उनले तीज भिडियो गीत सार्बजनिक गरेकी छिन्  ।

गीतमा  तिर्सना आफैले स्वर भरेकी छिन्  । अब उनि मोडल मात्र नभएर गायिका समेत बनेकी छन् ।

उनले तीजको कोशेली स्वरुप ‘म पनि के कम नाच्छु छम् छम्’ बोलको गीत  आफ्नै युट्युब  च्यानल मार्फत बजारमा ल्याएकी छन् । यो गीतमा अभिनय पनी उनले नै गरेकी छन् भने  उनलाई शिव तिम्सिनाले साथ दिएका छन् ।

शब्द समेत आफैले लेखेकी तिर्सनाले गीतमा मिठो स्वर दिएकी छन् ।

शुरेस शाहीको एरेञ्ज लय, क्यामेरामा हरिनारायण चौधरी, सोहन मानन्धरको सम्पादन, प्रदीप श्रेष्ठको निर्देशन रहेको गीतलाई त्रिवेणी नेपाल फिल्मस् प्रालिले बजारमा ल्याएको हो, तिर्सनाले बताईन् ।

यो गीतमार्फत तिर्सनाको अर्काे परिचय फेरिएको छ भन्दा कुनै दुइमत छैन  ।

अब आउदा दिनमा सभ्य मोडलिङ सँगसँगै आफ्नो गायिकी पनमा पनि तिखार्दै सबैको ढुकढुकी बन्न सफल होस्  न्यूज अभियान डट कमको तर्फ बाट सफलताको लागी कामना !

भिडियो :-

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्