Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यकक्षमै कुटे जिशिअले अधिकृत, गलत रिपोर्ट देखिएपछि आक्राशित

fightकाठमाडौं । विद्यालयमा पठाएको निकासाको विषयमा विवाद हुँदा काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङ र शाखा अधिकृत बालकृष्ण सिंखडाबीच कुटाकुट भएको छ ।

अनियममितताको विषयलाई लिएर भनाभनभएपछि कार्यालयमै जिशिख र अधिकृतबीच कुटाकुट भएको हो ।

शुक्रबार दिउँसो ३ बजे दुवैले एकअर्कालाई आरोपप्रत्यारोप गर्ने क्रममा जिशिअ गुरुङले शाखा अधिकृत सिंखडामाथि हातपात गरेको समाचार आजको राजधानी दैनिकमा छ ।

तेस्रोपटक काभ्रेको जिशिख बनेर आएका गुरुङ केही समयदेखि विद्यालयको अनुगमनको क्रममा थिए । अनुगमनका क्रममा आफ्नो कार्यालयबाट त्रुटि नै त्रुटि भएको पाइएपछि आक्रोशित भएर शुक्रबार दिनको ३ बजे कार्याकक्षामा पुगेका कार्यालय प्रमुखलाई त्रुटि गर्ने शाखमा अधिकृतले के छ हाकिम साप भनेर सोधेपछि आक्रमणको अवस्था र्सजना भएको हो ।

काभ्रेका केही विद्यालयमा विद्यार्थीको संख्या नै बढाएर आर्थिक सहायतामा थपघट गरेपछि आक्रोशित भएर कार्यालयमा आएका प्रमुख डा. गुरुङले के कसो छ भनेर सोध्न थालेपछि विवाद भएको थियो ।

गुरुङले विद्यार्थी कम भएको स्कुलमा पुगेर अनुगमन गर्दा गलत रिपोर्ट देखिएपछि के हो भनेर सोध्दा उल्टै ठूलो स्वर गरेपछि आफूले मुख बन्द गराएको गुरुङले बताए ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्