Logo
६ बैशाख २०८१, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियो ओलम्पिक आजबाट सुरु, भव्य उद्घाटन (फाेटाेफिचर)

Olmpik News  (1)

रियो दि जेनेरियो,एजेन्सी ।  दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आजबाट औपचारिकरुपमा रियो ओलम्पिक २०१६ सुरु भएको छ । मराकाना रंगशालामा हुने उद्‍घाटन समारोह करिब ३ करोड मानिसले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । गस्ट ५ देखि २१ सम्म चल्ने ओलम्पिक खेलमा २०६ राष्ट्र र केही शरणार्थी राष्ट्रका खेलाडी गरी १० हजार ५ सय खेलाडीहरुले कूल २८ खेलमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिक यसअघि नै सरकारले खेल आयोजनाका लागि गरेको चर्को खर्च, रसियाको डोपिङ काण्ड तथा जिका भाइरसको डरका कारण चर्चामा आइसकेको छ।

नेपालकी जुडो खेलाडी फुपु ल्यामु खत्रीले नेपालको राष्ट्रिय झण्डा बोक्दै मार्चपास गरेकी थिइन् । रियो ओलम्पिकमा नेपालको तर्फबाट ७ खेलाडीले सहभागीता जनाउँदै छन् । त्यसमा पोैडी र एथलेटिक्सतर्फ समान दुई –दुई जना तथा आर्चरी ,तेक्वान्दो र जुडोको समान एक एक जना सहभागी छन् । १७ दिन चल्ने उक्त प्रतियोगितामा विभिन्न २८ खेलमा ३ सय २० स्वर्ण पदककालागि प्रतिश्पर्धा हुँदेैछ।

Olmpik News  (2)

ओलम्पिकको ३१औं संस्करणसम्म आइपुग्दा कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले ओलम्पिक खेलको आयोजना गरेको यो नै पहिलो अवसर हो । यसै प्रतियोगिताबाट कोसोभो र दक्षिणी सुडानले ओलम्पिकमा डेभ्यु गर्दैछन् । आफ्नो राष्ट्रको झण्डा ओलम्पिक खेलमा प्रतिबन्ध भए ओलम्पिकको झण्डामुनि खेल्ने खेलाडीको संख्या दश रहेको छ । शरणार्थी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्ने खेलाडीमा दक्षिणी सुडानका ५, कंगो र सिरीयाका समान २/२ तथा इथियोपियाका एक जना खेलाडी छन् ।

Olmpik News  (3)

रियो ओलम्पिकमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सबैभन्दा धेरै ५ सय ५४ खेलाडीको सहभागिता छ। त्यस्तै नेपालकी १३ वर्षीया स्विमिङ खेलाडी गौरिका सिंह रियो ओलम्पिककै कान्छी खेलाडी हुन् । त्यस्तै यसै ओलम्पिकबाट रग्बी खेललाई पहिलोपल्ट ओलम्पिक खेलमा समावेश गरिएको छ भने गल्फ खेललाई १२ वर्षपछि पुनः समावेश गरिँदैछ।

Olmpik News  (5)

ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाल माराकानामा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशनसहित ३१ औं ओलम्पिक स्थानीय समयानुसार शुक्रबार रातिबाट औपचारिक रुपमा सुरु भएको छ । म्याराथन धावक भेन्र्डेल कोर्डरो डे लिमाले ओलम्पिक टर्च बालेर रियो ओलम्पिक २०१६ को औपचारिक उद्घाटन गरेका हुन्। यस अघि महान् फुटबल हस्ती पेलेले खेलस्थलमा ओलम्पिक टर्च बालेर रियो ओलम्पिक २०१६ उद्घाटन गर्नेे बाताइएपनि अन्तिम समयमा उनले अस्वस्थताका कारण सहभागीता नजनाउने बताएपछि सबैलाई आश्चर्य पार्दै लिमाले ओलम्पिक टर्च बालेका हुन् ।

Olmpik News  (6)

उक्त उद्घाटन समारोहमा २०७ राष्ट्रका खेलाडीहरुले करिब ७५ हजार दर्शकमाझ आफ्नो राष्ट्रिय झण्डा बोकी मार्चपास गरेका थिए ।राष्ट्रसंघका महासचिव वान कि मुनको आग्रहमा यसपल्ट शरणार्थी टोलीका दश खेलाडीलाई पनि प्रतियोगीतामा समावेश गरिएको छ। उनीहरुले आयोजक ब्राजिलभन्दा पहिले ओलम्पिकको झण्डा मुनी मार्च पास गरेका थिए । उक्त उद्घाटन समारोहमा इथियोपियाका धावक अबेबे बाकेलालाई विशेष सम्मान गरिएको थियो। इटालीको रोममा सन् १९६० भएको ओलम्पिकमा उनले खाली खुट्टा दौडँदै स्वर्ण जितेका थिए। खेलअघि जुत्ताको साइज नमिलेपछि उनी खाली खुट्टा दौडिएका थिए ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्