Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आतंकवादी आक्रमणमा परी १४ को मृत्यु

assam-1-580x395

एजेन्सी, नयाँ दिल्ली । भारतको असामस्थित कोकराझारमा भएको एक आतंकवादी आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । मृतकहरुको संख्या अझै बढने बताइएको छ ।

एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । भारतिय मिडिया एबिपि न्यूजका अनुसार  आक्रमणमा परी १५ भन्दा  बढी घाइते भएका छन् ।

असमको कोकराझारमा कालो कपडा लगाएको एक व्यक्तिले ग्रिनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलेको थियो । यो समाचार तयार पार्दासम्म हमला जारी रहेको बताइएको छ ।

यस तरकारी बजारमा अहिले पनि फायरिंग जारी रहेको दैनिक भाष्करले बताएको छ । स्रोतका अनुसार ७/८ जनाको संख्यामा रहेका हमलाकर्ता अटोरिक्साबाट बजारमा छिरेका थिए । उनीहरुसँग एके४७ जस्ता हतियार छन् ।

अहिले हमलाकर्ता र सुरक्षा बलबिच दोहोरो फायरिङ चलिरहेको बताइएको छ । एक हमलाकर्ताको मृत्यु भएको स्रोतले दाबी गरेको छ ।

assam12_1470385431

 

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्