Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले पाकिस्तानलाई ३० करोड डलरको सहयोगमा रोक

USA-America-Pakistan

एजेन्सी । हक्कानी नेटवर्क विरुद्ध कुनै कारबाही नगरेको आरोपमा अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानलाई दिने ३० करोड अमेरिकी डलरको सहयोगमा रोक लगाएको छ ।

‘कोलिशन सपोर्ट फण्ड’ बाट सन् २००२ बाट अमेरिका आतंकबाद विरुद्धको कारबाहीमा पाकिस्तानमाथि आर्थिक सहयोग गर्दै आएको थियो । पेन्टागनका प्रवक्ताका अनुसार रक्षा मनत्री ऐशले कार्टरले उक्त प्रमाणपत्र जारी गर्न रोक लगाएका छन् । जसले पाकिस्तानलाई मिल्ने ३० करोड डलरमाथि रोक लागेको छ ।

सन् २०१५ मा यस बजेट १ अर्ब डलर तय भएको थियो । तर अमेरिकी कांग्रेसले यसलाई जारी गर्न एक शर्त राखेको थियो । जसअनुसार तीस करोड डलर त्यसबेला जारी गरिने छ जब रक्षा मन्त्री हक्कनी नेटवर्क विरुद्धको पाकिस्तानी कारबाहीबाट सन्तुष्ट हुनेछन् ।

बाराक ओबामा सरकारले हक्कानी नेटवर्कको कारण आर्थिक सहायत रोकेको यो पहिलो पटक हो । अमेरिकाले पाकिस्तानको उत्तरी बजरिस्तान क्षेत्रमा पाकिस्तानी कारबाहीको बाबजुद तालिवानी तथा अन्य समूह सक्रिय रहेका छन् ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्