Logo
१५ चैत्र २०८०, बिहीबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाग्यो टुंगो: महरा उपप्रधान-अर्थ, श्रीपाली खेलकुद र चौधरी कृषिमन्त्री

mawobadi-mantrei

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । यसअघि सञ्चार माध्यममा अन्य विभीन्न व्यक्तिको नाम चर्चामा आएपनि बैठकले फरक व्यक्तिको नाम मन्त्रीमा सिफरीस गरेको हो ।

प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकले कृष्ण बहादुर महरा, दलजित श्रीपाली र गौरीशंकर चौधरीलाई पहिलो चरणमा मन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो ।

उनीहरु तीनै जनाले आजै सपथ लिने माओवादी श्रोतले जानकारी दियो । बैठक श्रोतका अनुसार महरा उपप्रधान तथा अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी दलजित श्रीपालीले खेलकुद र गौरीसंकर चौधरीले कृषि मन्त्रालय सम्हाल्नेछन् ।

त्यसबाहेक माओवादीले उर्जा, संचार, कानुन, शिक्षा र स्थानीय विकास मन्त्रालय पाउने भएको छ । तीन जना बाहेक अन्य मन्त्रीको नाम टुंगो नलागेको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्