Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपथग्रहणमा दाहालसगै यी हुन मन्त्रीपरिषदका सदस्य बन्नेहरु !

New Pm News

वीरेन्द्र केएम, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथग्रहण बिहिबार हुदै छ । दाहाललाई बिहीबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन ।प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार दाहाल ३६३ मतसहित निर्वाचित भएका थिए ।

केहि मन्त्रीसहित दाहालको शपथग्रहण
आज हुने शपथग्रहण समारोहमा केहि मन्त्रीसहित प्रधानमन्त्री दाहालले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । उच्च श्रोतका दहालसगै, माओबादीबाट  कृष्णबहादुर महरा, प्रभू साह,  नेपाली काग्रेसबाट बिमलेन्द्र निधि, अर्जुननरसिंह केसी, रमेश लेखक, शेखर कोइराला, सीतादेबी यादब लगायतका नेताहरुपनि दाहाल नेतृत्वको मन्त्रीपरिषदका सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिने बताइएको छ ।

बिहिबार काग्रेसबाट उपप्रधानमन्त्री सहित गृहमा बिमलेन्द्र निधि स्थानीय बिकासमा अर्जुन नरसिंह केसी परराष्ट्रमा डा. शेखर कोइराला कानुन तथा न्यायमा रमेश लेखक र मन्त्रालय स्पष्ट नभए पनि काग्रेस कोषाध्यक्ष सीतादेबी यादबको नाम पनि चर्चामा रहेको छ ।
श्रोतका अनुसार राप्रपा  नेपाल, बिजयकुमार गच्छदार लगायतलाई पनि सरकारमा ल्यउनुपर्ने भएको हुदा माओवादी र काग्रेसले तत्कालै धेरै अनुहार सरकारमा नपठाउने रणनीति बनाएको बुझिएको छ । ‘माओवादीमा बिहिबार बिहानको  बैठकपछि मात्र मन्त्रीमण्डलमा जानेहरुको नामवाली तय हुने छ,’।

काग्रेसमा अन्योल, तर निधिको सम्भावना  
त्यसो त  प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार कांग्रेसबाट विमलेन्द्र निधीले उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीसहित नेतृत्व सम्हाल्ने उच्च श्रोतको दावी रहेको छ  । यदि  त्यसमा पार्टीगत अडचन आएमा  भने गोपालमान श्रेष्ठको नेतृत्वमा काग्रेस सरकारमा जान्े छन उनी पनि पार्टीका देउवाको कठिन दिनका सहयोगी हुन देउवालाई पूर्बराजा ज्ञानेन्द्रले जेलमा लैजादा उनलाई सहयोग गर्ने यीनी पनि हुन  ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रका प्रभावशाली नेताहरुसँग परामर्शपछि निधीलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाएर पठाउने निर्णय गर्न लागेको बताइन्छ । काग्रेसका एक नेताले भने ‘ओली सरकारलाई हटाउनका लागि यो गठबन्धन निर्माणमा निधीको महत्वपूर्ण भूमिका रहेकाले सरकारमा निधीकै नेतृत्वमा जान उपयुक्त हुने सुझाव आएपछि अन्ततः देउवाको यही निर्णय नै अन्तिम हुने छ ।

बुधबार संसद परिसरमा केहि संचारकर्मीहरुसगको कुराकानीमा  देउवा निकट प्रभावशाली नेता बालकृष्ण खाँडले पनि निधिकै नेतृत्वमा पार्टी सरकारमा जाने बताए । खाँडले भने–‘वास्तवमा माओवादी, मधेसी मोर्चा र कांग्रेसबीच यो गठबन्धन बनाउन निधीले निकै लामो समयदेखि कसरत गर्नुभयो, उहाँकै कारण यो  सम्भव भएकाले सरकारमा अरु नेतृत्व गरेर जानु नैतिकरुपमा पनि राम्रो हुँदैन ।’ देउवा निकट नेताहरुले ‘जसको नीति, उसकै नेतृत्व’ भन्दै निधीलाई नै सरकारको नेतृत्वमा पठाउन सुझाव दिएका छन् ।

उच्च श्रोतका अनुसार सरकारको नेतृत्वमा गोपालमान श्रेष्ठ, कृष्ण सिटौला र अर्जुन नरसिंह केसीको नाम पनि चर्चामा रहेको छ तर सभापति देउवा विमलेन्द्रनिधिलाई पठाउने निर्णयमा पुगेका हुन् । यद्यपि  यस अगाडि नै सिटौलाले आफू प्रचण्ड नेतृत्वको सरकारमा जान इच्छुक नरहेको बताइसकेका छन् ।

संघीय गठबन्धन÷मोर्चा भने तत्कालै नजाने
यसैबीच, मधेस र जनजाति आन्दोलनको पृष्ठभूमिबाट बनेका पार्टीहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोचा र सघिय गठबन्ध तत्कालै सरकारमा नजाने स्पष्ट पारेका छन । गठबन्धनका उक नेता लक्ष्मणलाल कर्णले मोर्चाको माग पुरा नहुन्जेल सरकारमा जाने कुनै सोच नरहेको बताए । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, सद्भावना पार्टी, नेपाल सदभावना पार्टी लगायतका ७ दल र दल मोर्चामा र अन्य २ ओटा सगबन्धनमा आवद्ध रहेका छन ।

संविधान नै बहिष्कार गरेको यो मोर्चाका  दलहरुले संविधान संशोधनको मुख्य माग राखेका छन् ।  बिषेश गरी प्रदेशको सिमांकन फेरबदल हुनुपर्ने उनीहरुको माग छ ।  यही माग पुरा गर्ने गरी उनीहरु सत्तामा जान लागेका छन् । मधेसी मोर्चाले बिषेश गरी तराईमा दुई प्रदेश हुनुपर्ने अडान राखेका छन् ।

यो माग पुरा गर्न दाहाल कत्तिको सक्षम हुन्छन् ?  प्रदेशको सिमांकन फेरबदल गर्न संविधान संशोधन गनुृपर्ने हुन्छ । संविधान संशोधन गर्न संसदको दुई तिहाई मत आवश्यक पर्छ । तर  एमाले, राप्रपा नेपाल लगायत संसदको एक तिहाई भन्दा बढी मत विपक्षमा छ । यस्तो अवस्थामा संविधान संशोधन नभए मधेसी मोर्चाबाट दाहाललाई गठबन्धन भित्रै समस्या खडा हुनसक्नेछ ।

फोरम लोकतान्त्रिकको अवस्था

यता, केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने वित्तिकै फोरम लोकतान्त्रिक दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निष्कर्षमा पुगेका विजायकुमार गछदारका फोरम लोकतान्त्रिक भने आज नै सरकारमा सहभागी हुनै संभवना निकै कम रहेको छ । अन्य दललाई सरकारमा ल्याउन कसरत भइरहेका बेला गछदारालाई आजकै शपथग्रहणबाट सरकारमा सहभागी नगराउने सोचमा प्रचण्ड रहेको उच्च श्रोतले बताए ।

श्रोतले भन्यो ‘हरेक पटक सरकारमा जाने प्रबृत्ति भएको यो दलबाट दाहाललाई धेरै ठूलो चुनौती छैन  । किनभने उसको मतले न सरकार जोगाउन सक्ने अवस्था छ तर सविधान संसोधनका लागि उनलाई सरकारमा ल्याउने प्रयासमा प्रचण्ड रहेका छन’ । गच्छदार पार्टी भित्र सरकारमा जानुपर्ने पक्षका नेताहरुको बहुमत भएपछि  ओली छोडेर  दाहाल सवार ढुंगामा हामफालेको यो दलले मन्त्रीमण्डलमा साझेदारी खोजेको छ । उसको आकांक्ष अनुसारको साझेदारी भयो भने दाहाललाई यो दलबाट अन्तिमसम्म सहयोग भइराख्न सक्छ ।

राप्रपा र साना दल 

त्यस्तै, पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक तीनवटै कालखण्डमा सत्ताको स्वाद लिएका दलको रुपमा मानिने राप्रपाले सरकारको पक्षमा मतदान गरेपनि राप्रपा नेपालले भने बिपक्षमा मतदान गरेका छन । उच्च श्रोतका अनुसार राप्रपा नेपाल तत्कालै सरकारमा जाने संभवना नभएता पनि राप्रपा भने सरकारमा जाने निश्चित नै रहेको श्रोतले बताए ।

श्रोतले भन्यो ‘त्यसैले सत्ता समिकरण बदलिने बेलामा कसरी खेल्नुपर्छ यसलाई राम्ररी थाहा छ । त्यसैले ओली सरकार अल्पमतमा परेपछि समर्थन फिर्ता लिदै दाहाललाई सहयोग गर्न आइपुगेको हो । यसको पनि सबै भन्दा बढी चासो मन्त्रीमण्डलको साझेदारीमा देखिन्छ । विगतको सररकारमै जस्तो साझेदारीको आश्वासनका कारण दाहालको समर्थनमा आइुपुगेको राप्रपाबाट दाहाल धेरै समस्या नपर्न सक्छन् ।’

दाहाललाई चुनौती
त्यस्तै, दाहाललाई समर्थन गर्नेमा नेकपा संयुक्त, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, परिवार दल, समाजवादी जनता दल, नेपाली जनता दल, अखण्ड नेपाल पार्टी, नेपाः पार्टी, दलित जनजाति पार्टी, जनजागरण पार्टी लगायत छन् । संसद भित्रको समर्थनको दायरा ठूलो रहेको देखाउनका लागि यी दल दाहाललाई धेरै उपयोगी छन् । थोरै सिट रहेका यी दलको पनि एजेण्डागत चासो भन्दा बढी सत्ता साझेदारीमै रुची छ । उनीहरुको रुची सम्बोधन गर्नका लागि दाहालले सुरुमै बिचार गरेर पाइला चाल्नुपर्ने हुन्छ  । #कमाण्डर पोष्टबाट  

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्