Logo
११ बैशाख २०८१, मंगलबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी दलपनि प्रधानमन्त्रीको शपथ ग्रहरणमा सहभागी हुने

New Pm News

काठमाडौं । सरकारलाई सर्मथन गरी अघोषित सक्तासिन शक्ती बनेका संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा र सघिय गठबन्धनमा आवद्ध दलका नेताहरुपनि भोली हुने सपथग्रहण कार्यक्रममा सहभागी हुने भएका छन ।

यसअघि केपि ओली प्रधानमन्त्रीमा निर्वाचित हुदा मोर्चा र गठबन्धनमा आवद्ध कुनै पनि नेताहरु सपथग्रहणमा सहभागी भएका थिएनन ।

मोर्चा आवद्ध एक नेताले भोलीको सपथग्रहणमा मधेशी नेताहरु पनि सहभागी हुने बताए । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ बिहीबार हुने तय गरिएको छ ।

दाहाललाई बिहीबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार दाहाल ३६३ मतसहित निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्