Logo
११ बैशाख २०८१, मंगलबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड र मोदीबिच २ पटक टेलिफोन वार्ता, हिजो सफलताको शुभकामना, आज बधाइ !

Modi-Prachand

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिएका छन् । साथै उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् । उनले हिजो राती शुमकामना दिएका थिए ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आज पनि भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई टेलिफोन गरेर कुरा गरेका हुन् । टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि प्रचण्डलाई आग्रहसमेत गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

………………

यसअघि  प्रधानमन्त्रीका लागि करिब करिब औपचारीकता मात्र पुरा गर्न बाकीँ रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नरेन्द्र मोदीले फोन वार्ता गरेका थिए ।

प्रचण्ड आजै हुने निर्वाचनबाट प्रधानमन्त्री हुने छन् । प्रधानमन्त्री चयन नहुदैँ भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन आए पछि यस्ले ठुला दलका शिर्ष नेताहरु बिच राजनीतिक माहोल तताएको छ ।

उच्च समाचार स्रोतले एनभिएम ग्रुपलाई जानकारी दिए अनुसार हिजो राती ११ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री नरेन्द्र मोदी बिच लामो फोन वार्ता भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीका स्वकिय सचिब ओपी सिंहका अनुसार दुई नेता बिच केहि राजनीतिक कुरा भएको बताएका छन् ।

“कुनै बेला तपाईको टाउको को मुल्य तोक्ने प्रमुख ब्यक्तीनै तपाईलाई प्रमुख प्रस्तावक र लामो समय आन्दोलनमा रहेका मधेसी दलहरु सर्मथक भएर तपाई मुलुकको प्रधानमन्त्री हुन लाग्नु भएको जानकारी मैले पाए । मलाई असाध्यै खुसी लागेको छ ।

भारतिय प्रधानमन्त्री मोदीले प्रस्तावक र समर्थकको नामै नलिइ यस्तो कुरा भनेको बुझिएको छ । तर भारतिय प्रधानमन्त्री मोदीको यस्तो भनाईका बारेमा भारतीय दुतावासले भने औपचारीक रुपमा पुष्टि गरेको छैन् ।

यसै बिच अध्यक्ष प्रचण्ड र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी बिच वार्ता भएको प्रचण्डका निजि सचिवालयका एक सदस्यले बताए । हो यो वार्ताले उहाँहरु बिचको नयाँ बन्न लागेको संबन्धको पहिलो कडि भएको बताएका छन् तर यो औपचारिक वार्ता भने होइन् उनले भने ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्